राष्ट्रपतिबाट धारा ७६(२) अनुसार सरकार गठनको आह्वान

काठमाडौं, २८ असार ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेका छन् ।

आइतबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका थिए । त्यसलगत्तै संविधानविद्सँग परामर्श गरेका राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानविद्हरूले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न सुझाव दिएका थिए ।

नेपालको संविधानको धारा ७६ (२) मा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उल्लेख छ ।

यसअघि प्रचण्ड समेत सोही व्यवस्था अन्तर्गत प्रधानमन्त्री नियुक्त भएका थिए ।

तर माओवादी नेताहरूले विश्वासको मत विफल भएकाले अब बहुमतका आधारमा नभई संसद्को ठूलो दलले सरकार बनाउनुपर्ने बताउँदै आएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट