बागमती प्रदेशमा विपतबाट प्रभावित किसानलाई एक करोड रुपैयाँ वितरण

मकवानपुर, २८ असार । बागमती प्रदेश सरकारले विपतबाट प्रभावित किसानलाई एक करोड रुपैयाँभन्दा बढी वितरण गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषि क्षेत्रमा विपतबाट क्षति पुगेका कृषि फार्म र कृषकलाई राहत स्वरूप चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड १९ लाख ७३ हजार ४४३ रुपैयाँ वितरण गरेको हो । राहतबाट चालु आवमा प्रदेशका ७६ […]
राष्ट्रपतिबाट धारा ७६(२) अनुसार सरकार गठनको आह्वान

काठमाडौं, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेका छन् । आइतबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका थिए । त्यसलगत्तै संविधानविद्सँग परामर्श गरेका […]
पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई चितवनका होटलमा नि:शुल्क खाना बस्नको व्यवस्था

भरतपुर, २८ असार । व्यावसायिक हकहितसँगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि उत्तिकै सक्रिय होटल व्यवसायी संघ चितवनले यहि असार २८ गते बिहान नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालको पहिरोमा परी बेपत्ता भएकाहरुका आफन्तलाई नि:शुल्क खाना बस्नको व्यवस्था गरेको छ । पहिरोमा परी बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले […]
नारायणगढको टाउन सेन्टरमा ठाकुर दाजुभाइले खोले `ग्ल्यान्स हाइजनिक सैलुन´

भरतपुर, २८ असार । नारायणगढस्थित द टाउन सेन्टरमा शुक्रबारदेखि ग्ल्यान्स युनिसेक्स हाइजनिक सैलुन GLANCE Unisex Hygienic Salon सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर- २ का अध्यक्ष मनोज रानाभाट र वडा नम्बर- २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले संयुक्तरूपमा सैलुन उद्घाटन गरेका हुन् । सञ्चालक सुरेन्द्र ठाकुर र सञ्जय ठाकुरले आधुनिक सुबिधासहितको यो सैलुन सञ्चालनमा […]
देवचुलीस्थित कालिका वाटिका सरसफाई

देवचुली, २८ असार । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका वाटिका सरसफाई गरिएको छ । कालिका माध्यमिक विद्यालय प्राङ्गणमा रहेको वाटिका जनप्रतिनिधि, अभिभावक, विद्यार्थी र शिक्षकहरुको बृहत उपस्थितिमा सरसफाई गरिएको हो । कालिका वाटिकामा उम्रिएका झारपात कुहाएर कम्पोष्ट मल बनाउने तरिका सिकाउन, वाटिकामा उम्रिएका सिरु घाँस कटाएर वाटिकामा रहेका रुखका फेदमा गणित शिक्षकले […]
नाटकीय घटनाक्रमबाट चिन्तित छु : प्रचण्ड

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले संसदको पहिलो र दोस्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर गरे । उनले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू […]
सिमलतालको पहिरोले दुई वटा बस त्रिशूलीमा बेपत्ता

भरतपुर, २८ असार । नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ यात्रु रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स […]