चितवन, १८ मंसिर (रासस) : वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनको समयमा पैसा बाँडेर भोट किन्नुभन्दा विकास गरेर जनताको मन जितेर मत लिनुपर्ने बताउनुभएको छ ।
चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पाण्डेले माडीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जनताले विकासप्रेमी नेतृत्व छान्ने बताउनुभयो ।
विगतमा कुन नेताले के काम ग¥यो भन्ने कुरा जनताले प्रष्ट देखेको बताउँदै उहाँले भन्नुभयो, “जसले जनताको काम गरेको छ, उसैलाई जनताले रोज्छन् ।” २०७० सालको निर्वाचन जितेपछि आफू यस क्षेत्रको विकासमा लागिपरेको बताउँदै मन्त्री पाण्डेले आफूले विगतमा गरेका कामहरूले नै भावी दिनमा पनि काम गर्न सक्छ भन्ने जनताले बुझेको बताउनुभयो ।
उहाँले भरतपुर महानगरको निर्वाचनमा तड्पिएको एमाले, त्यसबेला माओवादीलाई सघाएर धोका खाएको कांग्रेस र बाँदरमुढेलगायतका द्वन्द्वका पीडितहरूको साथले आफूले निर्वाचन जित्ने दाबी गर्नुभयो ।
–––





