भीड बढेपछि भरतपुर अस्पतालमा थपियो ओपिडी काउन्टर

भरतपुर,२७ असार ।
भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्दै जाँदा ओपिडी काउन्टर थप गरिएको छ । अस्पतालले ५ वटाबाट बढाएर ८ वटा ओपिडी काउन्टर बनाएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बिरामीको भिड भयो भन्ने गुनासोलाई मध्यनजर गर्दै ३ वटा काउन्टर थप गरिएको जानकारी दिए । ‘ बिहान ५ बजेनै टिकटका लागि बिरामीहरू आएको देखिन्छ जुन आवश्यक छैन । ’ उनले भने- ‘भरतपुर अस्पतालमा ओपिडीको टिकट काट्न अबदेखि १०–१५ मिनेट मात्र समय लाग्नेछ ।’ ओपिडीको अनलाइन ‘टिकेटिङ’को सुविधा भएपनि हाललाई बीमामातर्फ केही समय स्थगित गरिएको उनले उल्लेख गरे ।

जिओपिडी बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म दुई सिफ्टमा सञ्चालित छन् । डेन्टल ओपिडी ९ः३० देखि बेलुकी ५ बजेसम्म र अन्य ९ः३० देखि ३ बजेसम्म सञ्चालित छन् ।

एक बजेपछि विशेषज्ञ चिकित्सकहरूलाई रू पाँच सयको टिकट काटी ‘पेईङ’मा देखाउन सकिने समेत उनले बताए । ‘बीमाको औषधि थप्न बिहान ७ बजे नै खुल्नेगरी रिफिल काउण्टरको व्यवस्था छ । टिकट काउण्टरहरू अपाङ्गता भएका, ७० काटेका जेष्ठ नागरिक, महिला-गर्भवती, जिओपिडी, मेडिकल ओपिडी, अर्थोपेडिक, सर्जरीलाई छुट्टाछुट्टै ओपिडी काउण्टर रहनेछन्।’ मेसु पौडेलले भने । अस्पतालमा बिल काउण्टर ८ वटा सञ्चालित छन् ।

चितवन र यस वरपरका १२ जिल्लाका बिरामीहरुको भरोसाको केन्द्र रहेको भरतपुर अस्पतालमा दैनिक दुई हजार पाँच सय हाराहारीका बिरामीले ओपिडी सेवा लिने गरेका छन्

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट