दक्षिण कोरियामा ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या एक करोडभन्दा माथि

सियोल, २७ असार दक्षिण कोरियामा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या एक करोड नाघेको गृह मन्त्रालयले बिहीबार जनाएको छ । दक्षिण कोरियामा कूल जनसङ्ख्याको पाँच करोड १२ लाख ६९ हजारको १९.५१ प्रतिशत जनसङ्ख्या ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको रहेको मन्त्रालयले प्ष्टि गरेको छ । सन् २०१३ जनवरीमा ११.७९ प्रतिशत रहेको वृद्धवृद्धाको […]

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित

काठमाडौँ, २७ असार स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताउनुभयो । उहाँका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ । उहाँले लामो समयदेखि […]

जलवायु परिवर्तन जोगाउन अमेरिका पुगे मिथिला कला

मधु शाही आँपको बगैँचामा झुला । हल्का हावाको बहाव अनि त्यही हावासँगै झुलामा नतमस्त रमाइरहेका नारीहरु । यो आकृति चित्रकार एससी सुमनले ‘आँपको बगैँचामा झुला’ शीर्षकमा केन्द्रित भई कोर्नुभएको मिथिला चित्रकला हो । सुमनले तीन वर्षअघि उहाँको गाउँमा देखिएको दृश्यलाई मिथिला चित्रमार्फत क्यानभासमा उतार्नुभयो । आँप, बगैँचा र नारीसँगको साइनो के छ ? यस्तै थुप्रै […]

मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण

काठमाडौँ, २७ असार । मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष […]

“महिनावारीमा हिंसा घटेको छ, हटेको छैन”

चन्द्रकला भण्डारी “सुन्दर २२ सय २० दिनहरू स्वतन्त्रता र आत्मसम्मान खोसिएको जीवन बिताएकी छु । कोठाबाट बाहिर निस्कन नपाएका कैयौँ दिनहरू भोकै–प्यासै बिताएकी छु । छिनछिनमा रगतका फाल्सा उकेलेर शिथिल भएको शरीरलाई चिसो भुइँमा सुताएकी छु । मैले आमा गुहारेँ, सासू गुहारेँ, भगवान पुकारेँ, तैपनि स्वतन्त्रताको श्वास फेर्न पाइनँ । कतैबाट सहारा पाइनँ ।” इलामको […]

जनसङ्ख्या तथ्याङ्कको महत्वपूर्ण स्रोत जनगणना

ढुण्डिराज लामिछाने आज विश्व जनसङ्ख्या दिवस अर्थात् जुलाई ११ को मूल नारा ‘समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर सबैका लागि सुदृढ र समतामूलक भविष्यतर्फ’ भन्ने रहेको छ । आज विश्वको जनसङ्ख्या करिब आठ अर्ब १३ करोड पुगेको छ । आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ । तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा […]

भरतपुर अस्पतालमा एमआरआई सेवा सञ्चालन

भरतपुर, २७ असार । भरतपुर अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आएको छ । संघीय सरकार र अस्पताल विकास समितिको गरी ३० करोड रुपैयाँमा मेसिन खरिद गरी सञ्चालनमा ल्याईएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि एमआरआई सञ्चालनमा ल्याईएको बताए । उनका अनुसार ३० करोड रुपैयाँ लागतमा मेसिन खरिद गरिएको […]

भरतपुरको बजार क्षेत्रका सटर खाली हुँदै, व्यवसायीलाई पलायन हुनबाट जोगाउन माग

भरतपुर, २७ असार । चितवनको भरतपुर बजार क्षेत्रका सटरहरु खाली हुँदै जान थालेका व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसाय गरेर सटर भाडा तिर्ने पैसा नउठेपछि व्यवसायीहरु विस्थापित हुँदा सटर खाली भएका नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले जनाएको छ । मञ्चको १३औँ स्थापना दिवसको सन्दर्भमा बिहीबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष ख्यामनारायण पराजुलीले व्यवसायी […]

पूर्वी नवलपरासीमा खोलाले बगाएर दुई जना बेपत्ता

कावासोती, २७ असार । पूर्वी नवलपरासीमा खोलाले बगाएर दुई जना बेपत्ता भएका छन् । मध्यबिन्दु नगरपालिका वडा नम्बर- १ पतवारीमा रहेको उल्टी खोला तर्ने क्रममा मध्यबिन्दु ४ मदनपुर निवासी वर्ष ३५ का सूर्य परियारलाई खोलाले बगाएर बेपता बनाएको हो । बिहीबार दिउँसो १२ बजे परियार खोला तर्ने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको […]

भीड बढेपछि भरतपुर अस्पतालमा थपियो ओपिडी काउन्टर

भरतपुर,२७ असार । भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्दै जाँदा ओपिडी काउन्टर थप गरिएको छ । अस्पतालले ५ वटाबाट बढाएर ८ वटा ओपिडी काउन्टर बनाएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बिरामीको भिड भयो भन्ने गुनासोलाई मध्यनजर गर्दै ३ वटा काउन्टर थप गरिएको जानकारी दिए । ‘ बिहान ५ बजेनै टिकटका […]