चितवन जिल्ला लिगमा एष्ट्रलको पहिलो जित

भरतपुर, २४ असार ।

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा नारायणी मोटर्स युनिक फुटबल क्लबलाई २–० गोलले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो ।

एष्ट्रलको जितमा लालकुमार तमाङ र प्रताप भट्टले गोल गरे । एष्ट्रलका विशाल तमाङ म्यान अफ दि म्याच भए । यो जितपछि लिगमा एष्ट्रलले दुई खेलमा चार अंक बनाएको छ । समान खेल खेलेको युनिकको एक अंक छ ।

लिग अन्तर्गत सोमबार नै हुने भनिएको यात्रा ग्रुप भरतपुर र माडी ११ बीचको खेल भने स्थगित भएको छ । उक्त खेल मंगलबार दिउँसो २ः३० बजे हुनेछ । मंगलबार नै ४ः३० बजे नारायणगढ फुटबल क्लब र रामपुर एफसी रड्स भिड्नेछन् ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट