चितवन जिल्ला लिगमा एष्ट्रलको पहिलो जित

भरतपुर, २४ असार । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा नारायणी मोटर्स युनिक फुटबल क्लबलाई २–० गोलले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो । एष्ट्रलको जितमा लालकुमार तमाङ र प्रताप भट्टले गोल गरे । एष्ट्रलका विशाल तमाङ म्यान […]

दियालो बङ्गला अब सर्वसाधारणका लागि खुला

भरतपुर, २४ असार । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बङ्गला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमबीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरे । २०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरपालिकाको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने […]

लायन्स क्लबद्वारा गैंडाकोटका बाढी प्रभावितलाई खाना

गैँडाकोट, २४ असार । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरले नारायणी नदीमा आएको बाढीले प्रभावितहरुलाई खाना सहयोग गरेको छ । खाना सहयोग डिष्ट्रिक्ट ३२५ आरमा रहेको आपतकालीन कोषबाट गरिएको हो । असार २१ र २२ गते नारायणी नदीमा बाढी आउँदा गैडाकोट नगरपालिका वडा नम्बर- २ नारायणी टोल विकास संस्था क्षेत्रका करिब १३५ परिवार विस्थापित भएका […]

वागमती प्रदेश सरकारबाट बाहिरियो नेकपा एमाले

मकवानपुर, २४ असार । वागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा एमाले वागमती प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकार अल्पमतमा परेको छ । सोमबार मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको वागमती एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । आर्थिक मन्त्रालयको नेतृत्व गरिरहेका […]