पहिरोले सिस्नेरी – दक्षिणकाली सडकखण्ड अवरुद्ध

मकवानपुर, २२ असार ।
शुक्रबार रातिबाट परेको वर्षाका कारण पहिरो जाँदा हेटौंडा भएर काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको सिस्नेरी – दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ ।

सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर- २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल बाटो खुलाउन नसकिने र बाटो खुलाउनको लागि सडक डिभिजन र गाउँपालिकासँग समन्वय भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकोले अन्य बाटो प्रयोग गर्न भनेको छ । फाखेल हुमाने फर्पिङतर्फको बाटो भने  सुचारु रहेको जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट