चितवन ड्राइभिङ स्कुल व्यवसायी सङ्घको आयोजनामा ५१ जनाद्वारा रक्तदान

भरतपुर, २२ असार । चितवन ड्राइभिङ स्कुल व्यवसायी सङ्घले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार चौबीसकोठीमा आयोजना गरिएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्णप्रसाद बरालले जानकारी दिए । कार्यक्रमको सुरुवातमा कृष्णप्रसाद दवाडीले रक्तदान कार्यक्रम गर्नुको उद्देश्यबारे बोलेका थिए । यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि पदमप्रसाद बजगाइँले पहिलो रक्तदाता […]

तथागत : उपन्यास कि आनीको लामो कथा ?

उपन्यासकार सिर्जन अविरलले ‘तथागत’ उपन्यासमा एउटीको आनीको कथा त सुनाएका छन् । त्यो कथा मनमोहक छ, तर त्यसमा आवृत्तिदोष अत्यधिक छ । उनी पटक पटक “यो संसार दुःखालय हो ।” भनेर लेख्छन् । त्यस्तै कथावस्तुमा पनि आवृत्ति छ । बरु एउटा पचास पृष्ठ जत्तिको लामो कथा बनाएर ‘तथागत’ होइन ‘आनीको कथा’ भनेको भए निकै उत्कृष्ट […]

प्रजातान्त्रिक सेनानी थापाको निवासमा श्रद्धाञ्जली सभा

रत्ननगर, २२ असार । प्रजातान्त्रिक सेनानी स्व.तिलकबहादुर थापाको पाँचौँ दिनको पुण्यतिथिको अवसरमा रत्ननगर–१६ स्थित थापा निवासमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाली कांग्रेस रत्ननगर–१६ का वडा कार्यसमितिद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बिपी कोइरालाको सहयात्री एवं प्रजातान्त्रिक आन्दोलनका सेनानी तिलकबहादुर थापाले समाजमा छाडेको छाप अनुकरणीय रहेको बताए । […]

बागमतीमा काँग्रेसकाे नेतृत्वमा सरकार गठन हुने

मकवानपुर, २२ असार । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारमा पनि त्यसले असर पर्ने भएकाे छ । काँग्रेस र एमाले बीच गत सोमबार भएकाे सहमति अनुसार बागमतीमा काँग्रेसकाे नेतृत्वमा सरकार गठन हुने छ । हाल नेकपा माओवादी केन्द्रकाे नेतृत्वमा एमालेसहितका दलकाे सरकार छ । तर एमालेबाट बागमतीमा सहभागी मन्त्रीहरु राजीनामा बुझाउने तयारीमा छन् । […]

पहिरोले सिस्नेरी – दक्षिणकाली सडकखण्ड अवरुद्ध

मकवानपुर, २२ असार । शुक्रबार रातिबाट परेको वर्षाका कारण पहिरो जाँदा हेटौंडा भएर काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको सिस्नेरी – दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर- २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल बाटो खुलाउन नसकिने र बाटो खुलाउनको लागि सडक डिभिजन […]