जंगली विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

मकवानपुर, २० असार ।
मकवानपुरको भीमफेदीमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरामी हुनेमा भीमफेदी गाउँपालिका–६ उर्लाघारी बस्ने ६५ वर्षीया मगंली माया स्याङतान, ३२ वर्षीय बुद्धिबहादुर स्याङतान, ३० वर्षीया पासाङ माया स्याङतान, ७ वर्षीय लासाङ स्याङतान, १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र ७ वर्षीया आरती स्याङतान रहेका छन् ।

मगंली र लक्ष्मीको हेटौंडा अस्पताल र बाँकी ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लासाङ गम्भीर बिरामी रहेका छन् ।

मकवानपुरमा जंगली च्याउ खाँदा तीन जनाको मृत्यु

मकवानपुरमा जंगली च्याउ खाँदा हालसम्म तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दुगुवाङ बस्ने ५५ वर्षीय बल बहादुर प्रजा, कैलाश ९ नामटार बस्ने २५ वर्षीया निरुमाया रुम्बा, नामटारकै विनोद लामाको छोरा ४ वर्षीय दिपेशको जंगली च्याउ खाँदा मृत्यु भएको हो ।

असार ३ गतेदेखि असार २० गतेसम्म मकवानपुर जिल्लाका भिन्नाभिन्नै स्थानमा जंगली च्याउ खाँदा ३७ जना रहेको बिमारी भएका छन् । जसमध्ये ८ जना हालसम्म उपचाररत रहेको तथा २६ जना डिस्चार्ज भई घर गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट