चितवन जिल्ला लिगमा यात्रा र नारायणगढ बराबरीमा रोकिए

 चितवन, १९ असार ।
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा यात्रा ग्रुप भरतपुर र नारायणगढ फुटबल क्लब बराबरीमा रोकिएका छन् ।
 भरतपुर ७ कृष्णपुरमा बुधबार सम्पन्न खेलमा दुबै टोली गोलरहित बराबरीमा रोकिएका हुन् । दुबै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीपछि यात्रा ग्रुप र नारायणगढ एफसीले समूह बी मा एक-एक अंक जोडेका हुन् । यात्राका कप्तान शिशिरमान श्रेष्ठ म्यान अफ दि म्याच भए ।
 यससँगै पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बिहीबारबाट दोस्रो चरणका खेलहरु सुरु हुने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । दोस्रो चरणको पहिलो खेलमा बिहीबार पानस युवा क्लब र नारायणी फुटबल क्लब (एनएफसी) भिड्नेछन् । खेल बेलुकी ५ बजे सुरु हुनेछ ।
 चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट