बलात्कार अभियोगमा अभियुक्तलाई १० वर्ष कैद फैसला
मकवानपुर, १९ असार । बौद्धिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको इजलासले मकवानपुरको बकैया गाउँपालिका- ३ का ५० वर्षीय चतुरमान गोलेलाई युवतीलाई बलात्कार गरेकोमा ७ वर्ष र बौद्धिक अपांगता भएकीलाई बलात्कार गरेकोमा थप […]
ब्लड डोनर्स सोसाइटी माडी नगर कमिटी गठन

माडी, १९ असार । ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन जिल्ला शाखा अन्तरगत रहेर माडी नगरपालिकामा ११ सदस्यीय नगर कमिटी तयार गरिएको छ । माडीमा आयोजित एक विशेष कार्यक्रमकाबीच डोलनाथ आचार्यको अध्यक्षतमा माडी नगर कमिटी गठन गरिएको हो । उपाध्यक्षमा नवीन बस्याल, सचिवमा श्रीजा थापा, सह–सचिवमा विजय चापागाईं, कोषाध्यक्षमा हरि रानाभाट, सह–कोषाध्यक्षमा राकेश चौधरी चयन भएका […]
चितवन जिल्ला लिगमा यात्रा र नारायणगढ बराबरीमा रोकिए

चितवन, १९ असार । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा यात्रा ग्रुप भरतपुर र नारायणगढ फुटबल क्लब बराबरीमा रोकिएका छन् । भरतपुर ७ कृष्णपुरमा बुधबार सम्पन्न खेलमा दुबै टोली गोलरहित बराबरीमा रोकिएका हुन् । दुबै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीपछि यात्रा ग्रुप र नारायणगढ एफसीले समूह बी मा […]