गगन थापालाई लक्षित गरेर बम विस्फोट , थापासहित १० घाइते

१८ मंसिर/ काठमाडौं– ४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित १० जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादका अनुसार गगन थापालगायत १० जना घाइतेलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । थापाको पिठ्युमा सामान्य चोट लागेको देखिएको छ । एक्सरेलगायतका थप परीक्षण भइरहेको छ ।   ‘घाइते मध्ये दुई जनालाई गम्भीर र आठ जनालाई सामान्य चोट लागेको छ,’ डा. प्रसादले भने, ‘उहाँहरु सबैलाई ब्लाष्ट इञ्जुरी हो ।’

थापाका सहयोगी प्रताप पौडेलका अनुसार गम्भीर घाइते दुई जनामा एक जना श्यामकृष्ण श्रेष्ठ रहेका छन्, अर्कोको पहिचान खुलेको छैन । नेपाल प्रहरी काठमाडौं परिसर प्रमुख एसएसपी राजेन्द्र धानुकले गगन थापालाई बमको छर्रा लागेको जनाकारी दिए ।

तस्बिर : दिलिप थापा / नागरिक

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट