बागमतीले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गर्ने

मकवानपुर, १७ असार ।
बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

हेटौंडा–१७, हटियामा प्रदेश सरकारका प्रशासनिक निकायका भवन तथा संरचना निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेकाे भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए । मन्त्री दुलालका अनुसार आयोजना स्थलमा वन क्षेत्रको केही जग्गा भएकाले सहजीकरण गर्न गौरवको आयोजनाको रुपमा समेट्न सिफारिस गर्ने निर्णय गरिएको हाे ।

बैठकले सिन्धुपाल्चोकको चौतारामा निर्माण भइरहेको प्राविधिक शिक्षालयमा पर्ने वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्तिका लागि संघीय सरकारलाई सिफारिस गर्ने समेत निर्णय गरेको उनले बताए ।  वन क्षेत्रको जग्गाको भोगाधिकार प्राप्त गर्न संघीय सरकारको प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने कानूनी प्रावधान रहेकाे छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावलीका केही दफाहरु संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश विश्वविद्यालय स्थापना, संचालन र शैक्षिक कार्यक्रम निर्धारणका लागि अनुकुल नदेखिएका दफाहरु संशोधन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश विश्वविद्यालयको विधान परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको छ । यसअघि निर्माण गरिएको विधानमा धेरै विषयहरु परिवर्तन गर्नुपर्ने देखिएकाले सो विधानलाई परिमार्जन परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको हो  ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट