बागमतीले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गर्ने

मकवानपुर, १७ असार । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । हेटौंडा–१७, हटियामा प्रदेश सरकारका प्रशासनिक निकायका भवन तथा संरचना निर्माण योजनालाई राष्ट्रिय गौरवको […]
प्रदूषण न्यूनीकरण अभियानमा जोडियो एलओडी क्लब
काठमाडौँ । एलओडी क्लबले सामाजिक दायित्व अन्तर्गत “राष्ट्रको लागि २ घन्टा अभियान”मा सहभागिता जनाएको छ । वातावरण प्रदूषण न्यूनीकरण गर्न सचेतनाको प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउदै क्लबका उपाध्यक्ष राजु सिंह, निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्लबमा प्रत्येक शुक्रबर वातावरण प्रदूषणसम्बन्धी सचेतनामूलक जिङ्गल तथा सन्देशमुलक भिडियो […]
शैक्षिक परामर्श व्यवसायी र खेल पत्रकारबीच फुटसल हुँदै

चितवन, १७ असार । चितवनका शैक्षिक परामर्श व्यवसायी र खेल पत्रकारबीच फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । मंगलबार खेलकुद पत्रकार दिवसको दिन हुने प्रतियोगितामा नेपाल शैक्षिक परामर्श संघ चितवनको दुई तथा नेपाल खेलकुद पत्रकार मञ्च चितवनको दुई गरी चार […]
मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी
मकवानपुर, १७ असार । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बसामाडीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी भएका छन् । जंगलबाट ल्याएको सल्ले च्याउ खाँदा हेटौंडा–१९ बसामाडी बस्ने वर्ष ३६ को श्यामबहादुर बल, वर्ष १६ की अनिता बल, वर्ष ११ को रेमन बल, वर्ष ७३ की फुलमाया र वर्ष ३४ को तुलबहादुर मोक्तान बिरामी […]