मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

मकवानपुर, १७ असार ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बसामाडीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी भएका छन् ।

जंगलबाट ल्याएको सल्ले च्याउ खाँदा हेटौंडा–१९ बसामाडी बस्ने वर्ष ३६ को श्यामबहादुर बल, वर्ष १६ की अनिता बल, वर्ष ११ को रेमन बल, वर्ष ७३ की फुलमाया र वर्ष ३४ को तुलबहादुर मोक्तान बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो एक महिनामा जंगली च्याउकाे सेवनबाट तीन जनाको मृत्यु भइसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट