प्रदूषण न्यूनीकरण अभियानमा जोडियो एलओडी क्लब

काठमाडौँ ।

एलओडी क्लबले सामाजिक दायित्व अन्तर्गत “राष्ट्रको लागि २ घन्टा अभियान”मा सहभागिता जनाएको छ ।

वातावरण प्रदूषण न्यूनीकरण गर्न सचेतनाको प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउदै क्लबका उपाध्यक्ष राजु सिंह, निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार क्लबमा प्रत्येक शुक्रबर वातावरण प्रदूषणसम्बन्धी सचेतनामूलक जिङ्गल तथा सन्देशमुलक भिडियो देखाइने छ । अन्य बार भन्दा शुक्रबर मनोरञ्जन गर्न आउनेको संख्या बढी हुने भएकाले भिडियोले अभियानमा थप बल पुग्ने विश्वास क्लबले लिएको छ ।

भिडियोमा वातावरण प्रदूषणले पृथ्वीमा रहेका प्राणी तथा जैविक विविधतामा कस्तो असर परेको छ भनेर देखाइनेछ ।

मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो शहरीकरण, फोहोरमैलाको उत्सर्जन र जनसंख्याको तीव्र वृद्धि नै वातावरण प्रदूषणका कारक रहेकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न समस्त युवा तथा सचेत नागरिक एक हुनुपर्ने क्लबका निर्देशक कुँवरले धारणा राखे ।

अभियानका अध्यक्ष ढुंगेलले राष्ट्र निर्माणमा हरेक मानिसको उतिकै योगदान रहने यस अभियानले बुझाउन सहयोग गर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट