जापानको इमोसियन क्रिएसनसँग सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टको सम्झौता

काठमाडौँ । सिन्धुलीको रातामाटास्थित सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसनबीच सम्झौता भएको छ । जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो ।

कलेजका तर्फबाट समिर ढकाल र इमोसियन क्रियसनबाट मासहिरो इसिकावाले सम्झौतामा एकसाथ हस्ताक्षर गरेका थिए । सम्झौताले नेपालबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीलाई रोजगारी प्राप्त गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थित कलेजमा प्लस टु अध्ययन गरेका र जापानी भाषाको एनफोर उत्तीर्ण गरेका विद्यार्थीले जापानमा स्वतः रोजगारी पाउने छन् ।

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट प्लस टु, होटेल म्यानेजमेन्ट, डिप्लोमा इन हस्पिटालिटि र जापानी भाषाको पनि पढाइ हुने गरेको कलेजका प्रमुख समिर ढकालले जानकारी दिए ।

ढकालका अनुसार विभिन्न मुलुकमा गरेर ५० जना विद्यार्थीहरू आकर्षक तलब तथा सेवासुविधासहित विदेशमा कार्यरत छन् । दुबई, कतार, बहराईन, मलेशिया र कुवेत लगायतका मुलुकमा काम गर्न विद्यार्थी गएका छन् ।

पछिल्लो समय होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै गएकाले वर्षेनि कलेजमा भर्ना हुनेको संख्या बढ्दै गएको ढकालले बताए ।

नेपालमा हाल विभिन्न कलेजले होटेल व्यवस्थापन विषयको पठनपाठन गराउँदै आएको छ । सीपमूलक शिक्षा भएकाले यस विषयमा विद्यार्थीको आकर्षण बढेको मान्न सकिन्छ ।

साथै विदेशमा समेत आकर्षक अवसर रहेकाले पनि विद्यार्थीहरूको रोजाइमा होटल व्यवस्थापन विषय पर्ने गरेको छ ।

होटेल व्यवस्थापन अध्ययनपछि उत्पादित जनशक्ति कुशल व्यवस्थापक बन्न सक्ने कलेज सञ्चालक ढकाल बताउँछन् । उनी भन्छन्, “होटल व्यवस्थापन सीपमूलक शिक्षा भएकाले उत्पादित जनशक्तिहरूले रोजगारी मात्र पाउँदैन्, बरु झन् रोजगारदाता तथा उद्यमशील भएर निस्कन्छन् ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट