बालकुमारी कन्याका दिव्यप्रकाश र चितवन माविका विशालसहित चितवन जिल्लामा १६ जनाले ल्याए ४ जिपिए

भरतपुर, १३ असार ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा चितवनका १६ जना विद्यार्थीले उत्कृष्ट ४ जिपिए प्राप्त गरेका छन् ।

४ जिपिए ल्याउनेमा भरतपुर-७ स्थित अर्किड स्कुलका विद्यार्थी किञ्जल खरेल र प्रज्ज्वल अर्याल, भरतपुर- ११ स्थित नारायणी पब्लिक स्कूलका विद्यार्थी एलिजा सिग्देल र जानवी कँडेल, भरतपुर-२ आँपटारीस्थित स्मल हेभन मोडल स्कुलका प्रसंशा पराजुली र अङ्कुर मिश्रा, भरतपुर- ३ स्थित लिटिल फ्लावर इङ्लिस स्कुलका सुस्मिता अधिकारी र सिसम खनाल रहेका छन् ।

त्यसैगरी भरतपुर-८ शरदपुरस्थित पोलर स्टार आवासीय माविकी आँचल देवकोटाले पनि ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक दयानिधि अर्यालले बताए । देवकोटा मेधावी र लगनशील छात्रा भएको प्रधानाध्यापक अर्यालले बताए । त्यसैगरी बालकुमारी कन्या मावि नारायणगढका विद्यार्थी दिव्यप्रकाश झाले पनि ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद वाग्लेले बताए ।

भरतपुर-१० स्थित चितवन माविका विद्यार्थी विशाल मगरातीले पनि ४ जिपिए ल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीले बताए । भरतपुर-१० स्थित अरोमा इङ्लिस स्कुलकी संहिता सुवेदीले ४ जिपिए ल्याएको प्रधानाध्यापक शेरबहादुर केसीले बताए । त्यसैगरी रत्ननगर नगरपालिका- २ स्थित पञ्चकन्या विद्या मन्दिरका विद्यार्थी कुशल पाण्डेले ४ जिपिए ल्याएको शिक्षक दीपेन्द्र पौडेलले बताए । रत्ननगरस्थित स्काइराइडर स्कुलका संयोग देवकोटा तथा खैरहनीस्थित डेजी स्कुलका आर्यन अधिकारी र सुगम गौतमले पनि ४ जिपिए प्राप्त गरेका छन् ।

(समाचार पुनः सम्पादन गरिएको ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट