भरतपुरका युवा रोशनले साइकल चलाएर विश्वयात्रा गर्ने

भरतपुर, ११ असार ।
भरतपुर-९, धारेचोक निवासी युवा रोशन लामिछाने साइकल चलाएर बुधबार बिहानदेखि विश्वयात्रामा निस्कँदै छन् । भरतपुरबाट उनी विश्वयात्रामा निस्कन लागेका हुन् ।

आफ्नो साइकलयात्राबारे जानकारी दिन उनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरे । उनका अनुसार यो यात्रा पाँच वर्षसम्म चल्नेछ । पहिलो चरणमा उनी भरतपुरबाट पूर्वतर्फ झापाहुँदै बंगलादेश पुग्नेछन् । उनको पासपोर्टमा बंगलादेशको भिसा लागिसकेको छ ।

विश्वयात्राका क्रममा विभिन्न देशको भिसा पाउन सहज होस् भनी लामिछानेले परराष्ट्र मन्त्रालयबाट पत्र बनाइसकेका छन् । वातावरणका लागि वृक्षारोपण र मानवताका लागि रक्तदान भन्ने लक्ष्य बोकेर विश्वयात्रा गर्न लागेको उनले बताए ।
‘म जुन देशमा पुग्नेछु त्यहाँ वृक्षारोपण र रक्तदान कार्यक्रम आयोजना हुनेछ’ लामिछाने भन्छन्, ‘यसको सहजीकरणका लागि नेपाल रेडक्रस सोसाइटीबाट सिफारिस पत्र प्राप्त गरिसकेको छु ।’

विश्वयात्राका क्रममा पाँच वर्षमा सय देशको भ्रमण गर्ने लक्ष्य लिएका उनले यो यात्राका लागि पर्याप्त तयारी गरेको सुनाए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट