जङ्गली च्याउ खाँदा बिरामी भएका मकवानपुरका ४ जनाको भरतपुरमा उपचार हुँदै

मकवानपुर, ११ असार ।
जङ्गली च्याउ खाँदा मकवानपुरकाे राक्सिराङमा ४ जना बिरामी भएका छन् । सोमबार राक्सिराङ गाउँपालिका ८ लाचे बस्ने २१ वर्षीय भवुल प्रजाले जङ्गली च्याउ ल्याई पकाएर खाँदा एकै परिवारका ४ जना बिरामी भएका हुन् ।

जङ्गली च्याउ खाँदा भवुलसहित निजको श्रीमती २१ वर्षीय रतिमाया प्रजा, ३ वर्षीय छाेरा समिक प्रजा,
१८ वर्षीय भाई पूर्ण प्रजा बिरामी भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनीहरुलाई उपचारको लागि चितवनकाे भरतपुरस्थित सरकारी अस्पताल पठाइएकाे छ ।

यसअघि राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएकोमा १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।

असार ९ गते आइतबार स्थानीय बलबहादुर प्रजा, उनको ४५ वर्षीय श्रीमती जालीमाया प्रजा, १५ वर्षीय छोरी रेन्जु प्रजा, ८ वर्षीय सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजा जङ्गली च्याउ खाँदा बिरामी भएकाेमा बलबहादुरकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट