गैंडाकोट, ७ असार ।
नेकपा एमाले गैंडाकोट नगर कमिटीको अध्यक्षमा कृष्ण कँडेल निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रीराम सुवेदी भन्दा ५९ मत बढी ल्याई एमालेको नगर अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १८५ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी सुवेदीले १२६ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा गोविन्दप्रसाद सुवेदी निर्वाचित भए । सुवेदीले २४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सरस्वती उपाध्याय खनालले ६१ मत प्राप्त गरिन् ।
यसैगरी सचिवमा भूमिश्वर भूषाल ‘राजु’ १८२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कमलबहादुर पाठकले १२४ मत प्राप्त गरे ।
उपसचिवमा नरहादुर थापा (२२२ मत) र गोमा पौडेल (१८३ मत) निर्वाचित भए ।
यसैगरी खुला सदस्यहरूतर्फ बिमल आचार्य, देशबन्धु सिग्देल, सुभद्रा आचार्य, पार्वती पोखरेल, प्रेमकुमार शर्मा पौडेल र लक्ष्मी कमली निर्वाचित भए ।
निर्वाचित अन्य सदस्यहरूमा वडा नम्बर १ बाट केदारनाथ न्यौपाने, लक्ष्मण कँडेल र सकुन्तला न्यौपाने छन् । वडा नम्बर २ बाट उत्तम प्रधान, सावित्रा काफ्ले र प्रमोद पोखरेल, वडा नम्बर ३ बाट देवराम सुनारी र सरस्वती पौडेल, वडा नम्बर ४ बाट नवराज पौडेल, खुमराज तिमल्सिना, सरिता आचार्य र कमला दवाडी, वडा नम्बर ५ बाट कृष्णप्रसाद काफ्ले, टीका ढकाल र सम्झना काफ्ले, वडा नम्बर ६ बाट देवीप्रसाद गौतम र सरस्वती घिमिरे, वडा नम्बर ७ बाट नर्मदा शर्मा पौडेल र दुर्गादत्त कँडेल, वडा नम्बर ८ बाट गुणाखर रेग्मी र सावित्रा सवी खवास, वडा नम्बर ९ बाट भवानी शर्मा बर्तौला, ढुण्डिराज कँडेल र कृष्णबहादुर केसी, वडा नम्बर १० बाट गोविन्दप्रसाद पाण्डे, सुमन गैरे र चेतना अर्याल, वडा नम्बर ११ बाट शेषकान्त कोइराला, खिमाकुमारी शर्मा र प्रेमदेवी शर्मा, वडा नम्बर १२ बाट विष्णु बस्नेत र चूडामणि अधिकारी, वडा नम्बर १३ बाट हरिकला आले र शिवकुमार पौडेल, वडा नम्बर १४ बाट धनप्रसाद सापकोटा, लक्ष्मी हमाल र सुनिता देवी पौडेल, वडा नम्बर १५ बाट सुरेन्द्र आले र लालमाया गुरुङ, वडा नम्बर १६ बाट बासुदेव खनाल र सरस्वती सापकोटा, वडा नम्बर १७ बाट तुलसी पाण्डे र बुद्धिराम गिरी तथा वडा नम्बर १८ बाटनवराज थापा र पदमकुमार थापा निर्वाचित भएका छन् ।
खुला युवा सदस्यतर्फ रमेश ढकाल, अनिल ढकाल र गोविन्दप्रसाद आचार्य निर्वाचित भएका छन् ।
लेखा संयोजकमा श्रीहरि चालिसे निर्वाचित भएका छन् भने लेखा सदस्यतर्फ मोतीकुमारी खड्का र नेत्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । यसैगरी मुक्ति समाजतर्फ चन्द्रबहादुर विश्वकर्मा, दुर्गाबहादुर विश्वकर्मा, भक्तबहादुर सुनार, जसमती बिक र निर्मला सुनार निर्वाचित भएका छन् ।
यसैगरी जनजातितर्फ ज्योति गुरुङ, चन्द्रमाया सिङ्जाली, बलबहादुर थापा, सूर्यकुमार कायस्थ र काशीराम महत्व निर्वाचित भएका छन् ।





