खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक

खैरहनी, ७ असार । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आर्थिक विवरण समावेश गरेको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारात्मक कार्यक्रमहरू समेटेको छ । तथ्यमा आधारित नीति तर्जुमाको सिद्धान्तलाई आत्मसात गर्न र तथ्यांकद्वारा निर्देशित निर्णयशिलतालाई कार्यान्वयन गर्न आर्थिक सर्वेक्षण […]

पौने ३ करोड बराबरको भेपसहित ५ जना पक्राउ

मकवानपुर, ७ असार । मकवानपुर प्रहरीले २ करोड ७१ लाख मुल्य बराबरको भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा  र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रयासमा ५ जनालाई भेप र भेपको फ्लेवरसहित  नियन्त्रणमा लिएको मकवानपुर प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । मकवानपुर हेटौंडा उप महानगरपालिका वडा नम्बर […]

गोही प्रजनन केन्द्रमा दुई सय तीन बच्चा कोरलिए

चितवन, ७ असार । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन गोहीका बच्चा कोरलिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट […]

नेकपा एमाले गैंडाकोट नगर कमिटीको अध्यक्षमा कृष्ण कँडेल निर्वाचित

गैंडाकोट, ७ असार । नेकपा एमाले गैंडाकोट नगर कमिटीको अध्यक्षमा कृष्ण कँडेल निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रीराम सुवेदी भन्दा ५९ मत बढी ल्याई एमालेको नगर अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १८५ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी सुवेदीले १२६ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा गोविन्दप्रसाद सुवेदी निर्वाचित भए । सुवेदीले […]