गणेशधाम सरसफाईमा नारायणी पब्लिक स्कुल

भरतपुर, ६ असार ।
नेपाल स्काउटको गौरवमय ७३ औं स्थापना दिवसको अवसर पारेर भरतपुर महानगरपालिकास्थित नारायणी ई पब्लिक स्काउटले बुधबार धार्मिक स्थललाई सफा बनाउ भन्ने उद्देश्यले गणेशधाम मन्दिर परिसरमा सरसफाई कार्यक्रम संचालन गरेको छ ।

विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० कक्षासम्मका बालबालिकालाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने लक्ष्य लिएर अगाडि बढिरहेको नारायणी पब्लिक स्काउटले समयसमयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र यसलाई निरन्तर अगाडि बढाउने विद्यालयका प्राचार्य वेदराज न्यौपानेले बताए ।

विद्यालयका स्काउट शिक्षक अनिशा श्रेष्ठको संयोजकतामा भएको उक्त कार्यक्रममा विद्यालयमा अध्यनरत करिब ५० जना स्काउट विद्यार्थीहरुको सहभागिता रहेको थियो । भरतपुर महानगरपालिका स्काउट परिषद सदस्य समेत रहेका विद्यालयका स्काउट शिक्षक नवीन बगालेले बालबालिकालाई अनुशासित तथा स्वावलम्बी बनाउन स्काउट आवश्यक रहेको भन्ने कुरामा जोड दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट