देवचुलीमा विद्यालयस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यशाला गोष्ठी

देवचुली, ६ असार । देवचुलीमा विद्यालयस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यशाला गोष्ठी सम्पन्न भएको छ । देवचुली नगरपालिकाको समन्वयमा वास नमुना गाउँ परियोजना (नापा वास) को आयोजनामा बुधबार र बिहीबार देवचुली नगरपालिका वाड नम्बर ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयमा कार्यशाला गरिएको हो । देवचुली ५ र ६ का सकलादेवी मावि, बालकिरण आधारभूत विद्यालय, नेपाल […]

मौलाकाली केवलकारमा छुट

भरतपुर, ६ असार । उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले मौलाकालिका मन्दिर दर्शन गर्न जाँदा केवुलकारको टिकटमा छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई केवुलकारमा छुट दिने सम्बन्धी मौलाकाली केवलकार लिमिटेड र उद्योग वाणिज्य संघ–चितवनबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्व अन्र्तगत रहेर संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट […]

गणेशधाम सरसफाईमा नारायणी पब्लिक स्कुल

भरतपुर, ६ असार । नेपाल स्काउटको गौरवमय ७३ औं स्थापना दिवसको अवसर पारेर भरतपुर महानगरपालिकास्थित नारायणी ई पब्लिक स्काउटले बुधबार धार्मिक स्थललाई सफा बनाउ भन्ने उद्देश्यले गणेशधाम मन्दिर परिसरमा सरसफाई कार्यक्रम संचालन गरेको छ । विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० कक्षासम्मका बालबालिकालाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र […]

दुई मन्त्रीद्वारा मेयर दाहालको प्रशंसा

चितवन, ६ असार । भरतपुर महानगरपालिकाको प्रमुख भएसँगै पहिलो एजेण्डाको रुपमा भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नतिलाई लिएकी प्रमुख रेनु दाहाल कामले मूर्त रुप लिँदै गर्दा सबैतिरबाट प्रशंसाको पात्र बनेकी छन् । बिहीबार श्री एयरको जहाज परीक्षण उडानका क्रममा अवतरणपछि उपस्थित दुई मन्त्रीसहितका अधिकारीहरुले दाहालको खुलेर प्रशंसा गरे । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन […]

बजेट पुनर्लेखन नभएसम्म प्रदेश सभा सञ्चालन हुन नदिने कांग्रेसको चेतावनी

मकवानपुर, ६ असार । नेपाली काँग्रेसका नेता बहादुर सिं लामाले बागमती प्रदेशकाे बजेट पुनर्लेखन नभएसम्म प्रदेश सभा सञ्चालन हुन नसक्ने चेतावनी दिएका छन् । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रहेकाे लामाले बिहीबारकाे प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलकाे लागि बसेको बैठकमा बोल्दै बजेट अस्पष्ट र सन्तुलित नभएकाले पुनर्लेखनको माग गरे । नेता […]

`स्व´ भित्र आफैँलाई खोज्दा भेटिन्छ जीवन

`नथिया´ उपन्यासबाट पाठकको मनमा बस्न सफल आख्यानकार सरस्वती प्रतीक्षाद्वारा लेखिएको `स्व´ दोस्रो उपन्यास हो । उपन्यासकारको नाम सरस्वतीको बिच्चमा पनि स्व रहेको छ । उहाँले यस उपन्यासमार्फत आफूभित्रको स्वलाई अर्थात `म को हुँ´ भनेर चिन्नुपर्ने कुरालाई जोड दिनुभएको छ । उपन्यास पढ्दै जाँदा सप्तमले बाल्यकालदेखि किशोरावस्थासम्मको उमेरमा आउँदा आफ्नै आमाबुवाबाट प्रेमको अनुभव गर्न नपाएको, आमाबुबा बिचको […]