देवचुलीमा विद्यालयस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यशाला गोष्ठी

देवचुली, ६ असार
देवचुलीमा विद्यालयस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यशाला गोष्ठी सम्पन्न भएको छ । देवचुली नगरपालिकाको समन्वयमा वास नमुना गाउँ परियोजना (नापा वास) को आयोजनामा बुधबार र बिहीबार देवचुली नगरपालिका वाड नम्बर ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयमा कार्यशाला गरिएको हो । देवचुली ५ र ६ का सकलादेवी मावि, बालकिरण आधारभूत विद्यालय, नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालयका विद्यार्थी ,अभिभावक तथा शिक्षकहरुका लागि कार्यशाला आयोजना गरिएको हो ।

विद्यालयलाई वासको ३ तारा सुचक पूरा गरि ३ तारा विद्यालय घोषणा गर्न, विद्यालय बास सुधार योजना निर्माण गर्नका लागि कार्यशाला राखिएको परियोजना निर्देशक भीमबहादुर मल्ल जानकारी दिनुभयो । विद्यालयहरुमा खानेपानी तथा सरसफाईको अवस्था जानकारी लिने , खानेपानी सुधारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा छलफल गर्नुका साथै सरसफाइसम्बन्धि जनचेतना जगाउने र ३ तारा सुचक पूरा गर्न गर्नुपर्ने कामहरुको बारेमा छ्लफल गरि योजना निर्माण गरिएको उनले बताए ।

सकलादेवी माविका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यशालामा देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालाको सहजीकरण सरसफाइ तथा स्वच्छता विज्ञ सुशील सुबेदी र नापा वास परियोजना व्यवस्थापक प्रवीण घिमिरेले गरेका थिए । कार्यशालामा प्रत्येक विद्यालयबाट २ जना विद्यार्थी ,२ जना शिक्षक र १/१ जना विद्यालय व्यवस्थापन समिति/ शिक्षक अभिभावक संघका अध्यक्षको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट