बजेट पुनर्लेखन नभएसम्म प्रदेश सभा सञ्चालन हुन नदिने कांग्रेसको चेतावनी

मकवानपुर, ६ असार ।
नेपाली काँग्रेसका नेता बहादुर सिं लामाले बागमती प्रदेशकाे बजेट पुनर्लेखन नभएसम्म प्रदेश सभा सञ्चालन हुन नसक्ने चेतावनी दिएका छन् । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रहेकाे लामाले बिहीबारकाे प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलकाे लागि बसेको बैठकमा बोल्दै बजेट अस्पष्ट र सन्तुलित नभएकाले पुनर्लेखनको माग गरे ।

नेता लामाले सरकारले बजेटमा चालु खर्चमा अर्थ विविधको १ अर्ब बढी बजेट राखिको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘बजेटमा आर्थिक अराजकता देखिएको छ उनले भने ‘वक्तव्य र कार्यक्रम पुस्तिकामा बजेटको आकार नै फरक रहेकाले बजेट स्वीकार गर्न सकिँदैन ।’

‘बजेट कार्यक्रमको पीडीएफ फाइल र कार्यक्रम पुस्तिका नै परिवर्तन गरिएको छ । सभामा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट वक्तव्य गरियाे । कार्यक्रम पुस्तिकामा ६६ अर्बको कार्यक्रम कसरी आयो ?´ उनले प्रश्न गरे । सरकारले सांसदको आँखामा छारो हाल्ने काम गरिरहेको उनले बताए । ‘सरकार छल–कपट गरेर जनता छक्याउन केन्द्रित भएको छ । अर्थ विविधमा दोहोरो बजेट राखिएको छ’, उनले भने ।

सरकारले प्रदेश सभालाई नै असक्षम र असफल बनाउने काम गरिरहेको भन्दै उनले आर्थिक अनुशासन र सुशासनको विषयलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याएको आरोप लगाए । बजेटमा आय र व्ययको हिसाब समेत मिलाउन नसकेको, नीति तथा कार्यक्रमको तरतम्य र बजेटको प्राथमिकता नै निर्धारण हुन नसकेको, बजेटले आर्थिक, सामाजिक, भौगोलिक विषयलाई सन्तुलित गर्न नसकेको उनको भनाई छ ।

‘प्रदेशको आर्थिक वृद्धिदर ६ प्रतिशत अनुमान गरिएकोमा १.८ प्रतिशत मात्र रहेको छ । प्रदेश सरकारको कार्यक्रम प्रभावकारी नहुँदा आर्थिक वृद्धिदर समेत कम भएको हो’, लामाले भने । सरकारले ल्याएको बजेटमा १ लाख र ५ लाखका योजना समावेश गरेर पैसा छर्ने काम गरेको प्रति उनले आक्राेश व्यक्त गरे । साना÷साना योजनामा बजेट विनियोजन गर्दा कार्यान्वयन र नियमनमा समस्या हुने भएकाेले लामाले सरकारकाे ध्यानाकर्षण समेत गराए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट