जानकी माविको आयोजनामा रक्तदान

भरतपुर, ३२ जेठ ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित जानकी माध्यमिक विद्यालयले विश्व रक्तदाता दिवसको अवसर पारेर आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रहेको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी मेघौली उपशाखाको सहयोग तथा प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष हरिबहादुर आचार्यले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेती उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक चन्द्रदत्त सुवेदी ब्लड डोनर्स सोसाइटी चितवनका सचिव विपिन पाठक, नेपाल सोसाइटी मेघौली उपशाखाका सभापति लक्ष्मीप्रसाद डुम्रे, वडा नम्बर २७ का वडा सदस्य अर्जुन भण्डारी, शिक्षक अगुवा दुर्गाकुमारी लामिछानेलगायतको उपस्थिति रहेको थियो । कुल ३९ जना रक्तदाताले रक्तदान गरेको उक्त कार्यक्रममा २९ जना पुरुष र १० जना महिला रहनुभएको थियो ।

विश्व रक्तदाता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा १० जना रक्तदाताले पहिलोपटक रक्तदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटाले गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट