विश्व वातावरण दिवसमा वृक्षरोपण तथा चित्रकला प्रतियोगिता

भरतपुर, २३ जेठ ।
विश्व वातावरण दिवसका अवसरमा मदरल्याण्ड  ईङ्ग‌लिस बोर्डिङ स्कुलमा वृक्षरोपण तथा चित्रकला प्रतियोगिता गरिएको छ ।
वडा युवा क्लब भरतपुर-२५ र बाल क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

सो अवसरमा फलफूललगायत विभिन्न प्रकारका बोटबिरुवा रोपिएको छ । विद्यालयलाई हराभरा बनाउने उद्देश्यका साथ वृक्षरोपण गरिएको हो । डिभिजन वन कार्यालय भरतपुरले उपलब्ध गराएको कपुर, सल्ला र अन्य प्रजातिका फूलहरू रोपिएको छ ।

क्लबले विद्यार्थीको चित्रकलालाई उजागर बनाउने उद्देश्यले वातावरण झल्किने चित्रकला प्रतियोगिता पनि सञ्चालन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर-२५ वडाध्यक्ष छविलाल सापकोटाले अब दिवसकै दिन मात्र नभई प्रत्येक व्यक्तिले आफ्नो घरपरिवारको सङ्ख्या बमोजिमको रुख रोप्ने अभियान सञ्चालन गर्नुपर्ने बताए ।

वडास्तरको क्लबले स्थापनाको छोटो समयमै सिर्जनात्मक कार्यक्रम सञ्चालन गरेको र अगामी दिनमा पनि यस किसिमको कार्यक्रम ल्याएमा आर्थिक अभावकै कारण पछि हट्न नपर्ने एवम् वडाको साथ र सह‌योग हुने बताए ।

चित्रकला प्रतियोगितामा कक्षा ५ का विद्यार्थीहरू बिच प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितामा आदित्य महतो प्रथम, श्रेया गुरुङ द्वितीय र अविशा थापा मगर तृतीय भए ।

युवा क्लबका अध्यक्ष दीपिका काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्कुल म्यानेजर गणेश पौड्याल, प्रधानाध्यापक नवराज भट्ट, सहायक प्रधानाध्यापक ईश्वरी तिवारी, विद्यालय आर्थिक विभाग प्रमुख सुवर्ण न्यौपाने, खेलकुद समिति भरतपुर २५ का अध्यक्ष विनोद श्रेष्ठ, बाल क्लब भरतपुर २५ का अध्यक्ष विवेक थोकर तामाङलगायत उपस्थिति थिए । कार्यक्रमलाई क्लबका सचिव विनोद अधिकारीले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट