विश्व वातावरण दिवसमा वृक्षरोपण तथा चित्रकला प्रतियोगिता

भरतपुर, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा मदरल्याण्ड  ईङ्ग‌लिस बोर्डिङ स्कुलमा वृक्षरोपण तथा चित्रकला प्रतियोगिता गरिएको छ । वडा युवा क्लब भरतपुर-२५ र बाल क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । सो अवसरमा फलफूललगायत विभिन्न प्रकारका बोटबिरुवा रोपिएको छ । विद्यालयलाई हराभरा बनाउने उद्देश्यका साथ वृक्षरोपण गरिएको हो । डिभिजन वन कार्यालय भरतपुरले उपलब्ध गराएको […]

अर्किड स्कुलमा वातावरण दिवस सम्बन्धि विविध कार्यक्रम

भरतपुर, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा भरतपुरस्थित अर्किड माविका विद्यार्थीले विविध कार्यक्रम आयोजना गरेका छन् । वातावरण दिवसका अवसरमा विद्यार्थीले वृक्षरोपण र सरसफाइसँगै साइकल र्‍याली पनि गरे । विश्व साइकल दिवसको सन्दर्भलाई जोड्दै उनीहरूले साइकल र्‍याली निकाले ।साइकलद्वारा स्वस्थ, समता र दिगोपन प्रबर्द्धन गरौँ भन्ने नारालाई अनुसरण गर्दै शिक्षक, विद्यार्थीको व्यापक सहभागितामा ३ […]

‘अलिकति फरक कुरा’मा चञ्चुप्रवेश

चितवनका समालोचक रमेश प्रभातको ‘अलिकति फरक कुरा’ नामक निसमालोचनाको पुस्तक २०८० साल चैतमा प्रकाशित भएको हो । यसमा लामा छोटा गरी सत्ताइसवटा समालोचनात्मक बान्कीका आलेखहरु समेटिएका छन् । यहाँ ती आलेखको सामान्य चर्चा गरिएको छ । कृतिको सुरुमा पठन संस्कृतिको कुरा छ । भर्खरै आएको निसमालोचनाको प्रथम शीर्षकले पाठकलाई पढ्न उत्प्रेरित गर्ने अभिमतका साथ रमेश […]

चितवनका ४० हजार किसानले पाएनन् दूधको ७० करोड

चितवन, २३ जेठ । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद […]

विश्व साइकल दिवसमा साइकल र्‍याली

भरतपुर, २३ जेठ । विश्व साइकल दिवस- २०२४ को अवसर पारेर चितवनको भरतपुरमा सोमबार बृहत् साइकल र्‍यालीको आयोजना गरिएको छ । भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीको आयोजना, चितवन साइकल राइसर्ड क्लबको सह-आयोजना तथा भरतपुर महानगरसँगको सहकार्यमा बृहत् साइकल र्‍यालीको आयोजना गरिएको हो । साइकल चलाउने संस्कृतिलाई प्रबर्द्धन गरी वातावरण संरक्षण प्रति समुदायलाई सचेत गराउने उद्देश्यले आयोजना […]