दूधपोखरी सम्पर्क समाज चितवन–नवलपुरमा गणेश गुरुङको नेतृत्व

चितवन, १५ जेठ ।

दूधपोखरी सम्पर्क समाज चितवन—नवलपुरको अध्यक्षमा गणेश गुरुङ चयन भएका छन् । लमजुङको दूधपोखरी गाउँपालिकाबाट विभिन्न कामको सिलसिलामा चितवन र नवलपुरमा आएर बसेका मानिसहरु आवद्ध समाजको आज भरतपुरमा सम्पन्न तेस्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

समाजको संस्थापक उपाध्यक्ष रहेका गुरुङ लमजुङको चारथरमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका जग्गा व्यवसायी हुन् । उनी लमजुङ र चितवनको विभिन्न सामाजिक सेवाका कार्यक्रमहरुमा पनि सक्रिय रहँदै आएका छन् ।

समाजको वरिष्ठ उपाध्यक्षमा राधादेवी दवाडी, उपाध्यक्षमा श्रीकृष्ण दवाडी, सचिवमा विनय दवाडी, कोषाध्यक्षमा विष्णुप्रसाद न्यौपाने चयन भएका छन् । त्यस्तै समाजको सदस्यहरुमा केशव दवाडी, शान्ता दवाडी, टोकनाथ न्यौपाने, मदन गुरुङ, देवबहादुर गुरुङ र सीता मरहट्टा घिमिरे रहेका छन् । त्यसैगरी लेखासमिति संयोजकमा यमबहादुर गुरुङ, सदस्यहरुमा दामोदर दवाडी र सिर्जना दवाडी रहेका छन् ।

दूधपोखरी गाउँपालिका लमजुङका अध्यक्ष धनप्रसाद गुरुङले छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै गाउँपालिकाका बौद्धिक युवाहरु शहरतिर पलायन हुँदा खेतबारी बाँझिएको भन्दै चिन्ता व्यक्त गरे । देशको अस्थिर राजनीतिको मारमा गाउँपालिका पनि पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘ सडक स्तरोन्नति र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छौं । गोरखाको अजिरकोट, सुलिकोट गाउँपालिकासँग मिलेर दूधपोखरीले पर्यटकीय पदमार्ग निर्माणको लागि पहल भइरहेको छ ।’ उनले सम्पर्क समाजका पदाधिकारीहरुले विकासको बारेमा दिएका सल्लाह सुझावलाई सधै मनन गर्दै आएको बताए ।

कार्यक्रममा दूधपोखरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिनबहादुर गुरुङ, सेन्ट्रल कलेजका सञ्चालक यज्ञविलास पौडेल, समाजका सल्लाहकारहरु देवीप्रसाद दवाडी र बाबुराम दवाडीलगायतले समाजलाई अझ चलायमान बनाउँदै विकासका काममा अगाडि बढाउनुपर्ने सुझाव दिए । समाजका निवर्तमान अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधादेवी दवाडीले स्वागत मन्तव्य र कोषाध्यक्ष विष्णु दवाडीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यौपानेले समाजले बिगतमा दूधपोखरी गाउँपालिकामा विभिन्न सामाजिक सेवाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै संस्थाको प्रगति प्रतिवेदन र भावी योजनाहरु प्रस्तुत गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट