आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् […]
बछौलीका जेष्ठ नागरिकलाई धार्मिक क्षेत्र अवलोकन भ्रमण

रत्ननगर, १५ जेठ । रत्ननगर नगरपालिका –६ ले वडाका जेष्ठ नागरिकलाई धार्मिक क्षेत्र अवलोकन भ्रमण गराएको छ । वडाबाट गरिने सामाजिक कृयाकलापहरु मध्ये वडा कार्यालयले वडाका १८० जना ज्येष्ठ नागरिकहरुलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिरको भ्रमण गराएको हो । सहभागी आमा—बाबा सबै भ्रमणमा अति नै उत्साहित पाइएको वडा सदस्य गोपी […]
दूधपोखरी सम्पर्क समाज चितवन–नवलपुरमा गणेश गुरुङको नेतृत्व

चितवन, १५ जेठ । दूधपोखरी सम्पर्क समाज चितवन—नवलपुरको अध्यक्षमा गणेश गुरुङ चयन भएका छन् । लमजुङको दूधपोखरी गाउँपालिकाबाट विभिन्न कामको सिलसिलामा चितवन र नवलपुरमा आएर बसेका मानिसहरु आवद्ध समाजको आज भरतपुरमा सम्पन्न तेस्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । समाजको संस्थापक उपाध्यक्ष रहेका गुरुङ लमजुङको चारथरमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका जग्गा व्यवसायी हुन् […]
गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

काठमाडौँ, १५ जेठ । “पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै ख्याल उही जिब्रो बेग्लै ¥याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुई !” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका […]
यस्तो छ, आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्न यस सम्मानित सदनमा उपस्थित भएको छु। सर्वप्रथम सत्रौं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपालका प्रथम शहीद लखन थापा, २००७ सालको परिवर्तन, २०४६ सालकोआन्दोलन, २०५२सालको जनयुद्ध, २०६२/६३ को […]
बजेटका पाँच उद्देश्य र प्राथमिकता के-के छन् ?

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्वजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन् । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । अर्थमन्त्री पुनका अनुसार कुल विनियोजनमध्ये […]
आचार्य र पौडेलको स्वरमा ‘उठ हे युवा’ गीत सार्वजनिक

मकवानपुर, २५ जेठ । कवि पुरूषोत्तम आचार्यद्वारा लिखित ‘उठ हे युवा’ बोलको गीत लेखक स्वयम् र हरि पौड्यालको स्वरमा सार्वजनिक गरिएको छ । औपचारिक कार्यक्रमका क्रममा उक्त गीत प्रत्यक्ष गायनका साथ सार्वजनिक गरिएको हो । सार्वजनीकिकरणमा ३ टिप्पणीकर्ताहरूले गायन र सिर्जनामाथि बोलेका थिए । सोहीक्रममा नवसर्जक नेपालका महासचिव समर्पण न्यौपानेले गीतले युवाको भूमिका, क्रान्तिका कुरा, […]
चितवनमा पछिल्लो दस महिनामा महिला हिंसाको भयावह अवस्था

भरतपुर, १५ जेठ । चितवनमा पछिल्लो १० महिनामा लैगिंक हिंसाको घटना भयावह अवस्थामा देखिएको छ । हिंसामा परी उजुरी गर्न आउने संस्थाहरु जिल्ला प्रहरी कार्यालय, एकद्वार संकट व्यवस्थापन केन्द्र र जिल्ला अदालतको तथ्यांक विश्लेषण गर्दा विशेषगरी महिला तथा बालबालिका प्रभावित बनेको देखिएको छ । गत साउनदेखि वैशाखसम्म जिल्ला प्रहरी कार्यालय महिला सेलमा विभिन्न प्रकृतिका हिंसामा […]
कवि गुरूप्रसाद न्यौपाने सुशीलको कवितासङ्ग्रह `सिर्जनाको फूलबारी´ लोकार्पण

भरतपुर, १५ जेठ । कवि गुरूप्रसाद न्यौपाने सुशीलको कवितासङ्ग्रह `सिर्जनाको फूलबारी´ लोकार्पण गरिएको छ । नारायणी पुस्तक सदन नारायणगढको आयोजनामा रेडक्रस भवन नारायणगढमा पुस्तक लोकार्पण गरिएको हो । प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र सभापति नारायणी पुस्तक सदनकी सञ्चालक सुशीला न्यौपानेले कृति विमोचन गरेका हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञासभा सदस्य रामहरि […]
उदय अधिकारीको ‘प्रश्न´माथि दृष्टि दिँदा

नेपाली तथा अङ्ग्रेजी साहित्यको फाँटमा गहिरो अध्ययन गरी आफूले लेख्नभन्दा साहित्यकार र उनका कृति पढेर तिनका राम्रा तथा नराम्रा पक्ष केलाउँदै नराम्रो पक्षमाथि सकारात्मक सुझावसहित यथार्थ तारिफ गर्न प्रश्नात्मक शैलीमा रुचाउने यथार्थताका प्रयाय हुन् उदय अधिकारी । पछिल्लो तीनदशक यता आफ्नो कर्मलाई शिरमा राख्दै प्रेरणादायी व्यक्तित्वहरूको सङ्गत मात्र गरेनन् उनले । उनीहरुको जीवनका हरेक यात्रालाई पढेर […]
बालबालिकाको लागि बौद्धिक खुराक ‘लौरी हजुरबुबाको’ गजलसङ्ग्रह

नेपाली साहित्यको क्षेत्रमा कविता र गजल लेखनमा सक्रिय विद्या भण्डारी ‘चिराग’ बालसाहित्यको क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । वि.सं. २०२३ साल मंसीर १ गते काठमाडौंको तुलसीधारा डल्लुमा जन्मिएकी ‘चिराग’ को कर्मक्षेत्र भने चितवन बनेको छ । उनी यस क्षेत्रकी सशक्त नारी साहित्यकार मानिन्छिन् । उनका प्रौढ र बालसाहित्यमा गरेर आठ वटा कृतिहरू प्रकाशित भइसकेका छन् […]
वर्षाका कारण महेन्द्र राजमार्गको थुम्सीमा बाटो अवरुद्ध

गैंडाकोट, १५ जेठ । वर्षाका कारण महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटस्थित थुम्सीमा राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सोमबार रातिको वर्षाले थुम्सीको हनुमान मन्दिर नजिकै बाटो अवरुद्ध छ । सोमबार दिउँसो र रातिको पानीले निर्माणाधीन बाटोको माटो बगाएर राजमार्ग अवरुद्ध हुँदा महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सयौं यात्रु थुम्सीमा अलपत्र परेका छन् । हिलो […]
२०८१ जेठ १४ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)
