गैंडाकोटस्थित हरिहर मन्दिर परमानन्द सन्यास आश्रममा सरसफाइ

गैंडाकोट, १३ जेठ ।
गैंडाकोटकोटका धार्मिक पर्यटकीय क्षेत्र मध्येको एक महत्वपूर्ण स्थल हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम वरपर सरसफाइ गरिएको हो । मन्दिर वरपर झाडी पलाएर कुरुप देखिएको थियो । ढुङ्गाहरु छरपस्ट थिए ।

नेपालकै ठुलो शिवलिङ्ग मध्येको एउटा  शिवलिङ्ग रहेको यस मन्दिरको सरसफाइका लागि नवनिर्वाचित समितिको आव्हानमा गैंडाकोट नगरपालिका- ७ का सवै टोलविकास संस्थाका करिव २ सय जनाले श्रमदान गरेका थिए ।

सरसफाइमा स्थानीय ३ वटा ट्याक्टर र नगरपालिकाको जेसिभी प्रयोग गरिएको थियो ।

विभिन्न धार्मिक पर्वहरुमा मेला लाग्ने यस मन्दिरमा नमूना पार्क बनाउने लक्ष्य रहेको मन्दिरका अध्यक्ष डिलाराम सापकोटाले बताए । मन्दिरका सचिव भानुभक्त सापकोटाले आगामी दिनमा पनि श्रम संस्कृतिको विकास गर्दै लैजाने र सन्ध्याकालीन आरती पनि सुरु गरिने बताए ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजक राजेन्द्र पौडेलले श्रम संस्कृतिको विकास गर्न सके मन्दिरसँगै गाउँ पनि हराभरा र सुन्दर बनाउन सकिने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट