अङ्कुरम् एकेडेमीमा नमूना निर्वाचन सम्पन्न

भरतपुर, ७ जेठ ।
भरतपुर महानगरपालिका-७ स्थित अङ्कुरम् एकेडेमीमा निर्वाचन प्रक्रियाद्वारा शैक्षिक सत्र २०८१ को लागि विद्यार्थी नेतृत्व छनौट भएको छ । वास्तविक निर्वाचनको झल्को दिने किसिमले सम्पन्न निर्वाचन कार्यक्रममा कक्षा १ देखि १० सम्मका ६४९ विद्यार्थीहरुले आ-आफ्नो ‘सदन’ अन्तर्गत रहेर मतदान गरेका थिए । मतदान प्रक्रियाद्वारा ‘हाउस क्याप्टेन’, ‘हाउस भाइस क्याप्टेन’ हरु निर्वाचित भएका छन् ।

विश्वव्यापी प्रजातान्त्रिक मूल्य र मान्यतालाई अङ्गीकार गर्दै विद्यार्थी नेतृत्व छनौट गरिएको सहप्राचार्य ओमराज मैनालीले बताए ।

निर्वाचित ८ जना विद्यार्थी प्रतिनिधिलाई निर्वाचन अधिकृत अर्जुन शर्माले धन्यवादसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

आगामी जेठ १२ गते निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई नेतृत्व विकास अभिमुखीकरण तालिम एवं विधिवत् रुपमा पदस्थापन तथा ब्याच वितरण कार्यकम तय गरिएको प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट