महेशको ‘भाइरल गोर्खे’मा ऋषि धमलाको ईन्ट्री

काठमाडौं, १३ वैशाख ।
कमेडी जनराको चलचित्र ‘भाइरल गोर्खे’मा चर्चित पत्रकार ऋषि धमला अनुबन्ध भएका छन् । धमलाले बिहीबार चलचित्रका लागि कागजी सम्झौता गरेका हुन् ।

चलचित्रमा धमलाले पत्रकारको भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिए । चलचित्रको छायाङ्कन वैशाख ९ गते लमजुङको भुजुङ गाउँबाट सुरु भएको छ । छायाङ्कनका लागि वैशाख तेस्रो साता धमला भुजुङ गाउँ जानेछन् ।

पत्रकार ‘धमलाको हमला’ कार्यक्रम निकै चर्चित छ । चितवनका युवा उद्यमी महेश लामिछाने र विशाल ताम्राकार निर्मित चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, वुद्धि तामाङलगायतको मूख्य भूमिका छ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रमा अमर महर्जनको छायाङ्कन रहनेछ ।

सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथामा निर्माण हुने चलचित्रको छायाङ्कन भुजुङसहित काठमाडौं, गोरखा र चितवनमा हुने निर्माता लामिछानेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट