२०८१ वैशाख १४ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)

महेशको ‘भाइरल गोर्खे’मा ऋषि धमलाको ईन्ट्री

काठमाडौं, १३ वैशाख । कमेडी जनराको चलचित्र ‘भाइरल गोर्खे’मा चर्चित पत्रकार ऋषि धमला अनुबन्ध भएका छन् । धमलाले बिहीबार चलचित्रका लागि कागजी सम्झौता गरेका हुन् । चलचित्रमा धमलाले पत्रकारको भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिए । चलचित्रको छायाङ्कन वैशाख ९ गते लमजुङको भुजुङ गाउँबाट सुरु भएको छ । छायाङ्कनका लागि वैशाख तेस्रो साता […]
खैरहनीमा मनोसामाजिक परामर्श तालिम सुरु

खैरहनी, १३ वैशाख । खैरहनीमा मनोसामाजिक परामर्श तालिम बिहीबारदेखि सुरु भएको छ । विद्यालयमा कार्यरत जेण्डर फोकल पर्सन महिला शिक्षक एवम् स्कुल हेल्थ नर्सहरुका लागि खैरहनी नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ३ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाले मानिसमा सकारात्मक सोचको विकास हुनुपर्ने बताए […]
चितवनको फोहोर व्यवस्थापनमा सुइरो कार्यक्रमको भूमिका महत्त्वपूर्ण

भरतपुर, १३ वैशाख । भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापनमा सुइरो कार्यक्रम चितवन नारायणगढको भूमिका महत्त्वपूर्ण रहेको सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका छन् । सोमबार नारायणगढको उद्योग वाणिज्य संघको सभाहलमा सुइरो कार्यक्रमको १४औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भरतपुर महानगरको फोहोर व्यवस्थापनमा सुइरो कार्यक्रमको भूमिका बढी रहेको बताए । कार्यक्रमका प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नम्बर […]
कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय

भरतपुर, १३ वैशाख । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो । रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो । अदालतले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख […]
समालोचक प्रभातको `अलिकति फरक कुरा´ सार्वजनिक

भरतपुर, १३ वैशाख । कृति तथा व्यक्तिमाथि समीक्षा गर्दै तयार गरिएको पुस्तक `अलिकति फरक कुरा´ सार्वजनिक गरिएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका उपप्राध्यापक एवम् अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको निसमालोचना `अलिकति फरक कुरा´ सार्वजनिक गरिएको हो । बिहीबार सम्पूर्ण किताब नारायणगढमा आयोजित कार्यक्रममा साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, कविडाँडा साहित्य समाजका अध्यक्ष […]
दुई वर्ष जोड्ने तीन दिनको दैनिकी

(म नियमित डायरी लेखक त होइन, तर पनि कहिलेकाहीँ मन बहलाउन लेख्छु । यस्तै अनियमित खालको डायरी लेखनको नियमित तीन दिन यहाँका लागि पेस गरेको छु । पाठकबृन्द यहाँले पक्कै पनि स्वीकार गर्नु हुनेछ भन्ने आशा गरेको छु । गल्ती भए माफ पाऊँ ल ।) २०८० साल चैत्र २९ गते बिहीबार परिवारका साथमा बसेको भए […]
पानी लगाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

बारा, १३ वैशाख । बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका अन्तर्गत चैते धान र मकै बालीमा पानी लगाउने क्रममा मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १० देवापुर टेटा गाउँका २५ वर्षीय काशीराज यादव रहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताएका छन् । बुधवार राती खेतमा मोटरबाट पानी लगाउने क्रममा […]
भरतपुर महानगरद्वारा युवा सवालमा पैरवी कार्यक्रम

भरतपुर १३, वैशाख । भरतपुर महानगरपालिकाले युवामैत्री स्थानीय शासनका लागि युवाका सवालमा पैरवी कार्यक्रम गरेको छ । युवाहरुलाई लक्षित गर्दै महानगरले युवाका सवालमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरुमा एक दिने पैरवी कार्यक्रम गरेको हो । भरतपुर महानगर युवा सन्जालको समन्वयमा भएको कार्यक्रममा एक सय भन्दा बढी युवाको सहभागिता रहेको थियोे । कार्यक्रमका प्रमुख अतिथि […]
बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

मकवानपुर, १३ वैशाख । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्यको लागि सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालु हिउँदे अधिवेशन (१३ औँ अधिवेशन) अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बजेट निर्माणको चरणमा रहेको र बजेट सम्बन्धी समीक्षा गोष्ठी पश्चात् बजेट अधिवेशन (वर्षे अधिवेशन) आह्वान गर्नु पर्ने […]