पानी लगाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

बारा, १३ वैशाख ।
बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका अन्तर्गत चैते धान र मकै बालीमा पानी लगाउने क्रममा मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १० देवापुर टेटा गाउँका २५ वर्षीय काशीराज यादव रहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताएका छन् ।

बुधवार राती खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका यादवलाई उपचारको लागि कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको तथा घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट