सङ्गमद्वारा एकै मञ्चमा १४ लेखकहरू सम्मानित

मकवानपुर, ७ वैशाख ।
साहित्य सङ्गम मकवानपुरले वर्ष २०८० भित्र पुस्तक प्रकाशन गराएका लेखकहरूलाई एकै मञ्चमा सम्मान गरेको छ । सम्मानित स्रष्टाहरूको पुस्तक र नामावली यसप्रकार रहेको छ :

१) माटोको मोह- तुलसी घिमिरे
२) महाकाश- मुना अर्याल
३) अकिञ्चनका आर्तहरू- देवराज खरेल
४) घुम्दै फिर्दै- जनार्दन खनाल
५) अनुत्तरित प्रश्न- समीर पाख्रिन
६) जुनेली- पुरूषोत्तम आचार्य
७) बैङ्किङ क्षेत्रमा बढेका पाइलाहरू- सुदर्शन अधिकारी
८) अन्तर्दृष्टि- किशन पौडेल
९) व्यथाभित्रको कथा- श्यामप्रसाद श्रेष्ठ
१०) म कथा भन्छु नि ल- सिएम रिमाल
११) हार्न नसक्ने मान्छे म- गणेशकुमार तिमल्सिना
१२) प्रारम्भिक संस्कृत व्याकरण- उदिम पन्त
१३) पल्लवित पाइला- कृशु अर्याल
१४) मेकिङ इट इजी- आदर्श पौडेल

साहित्य सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा कान्छी स्रष्टाका रूपमा अनुशुया खनालले बालोरी छन्दको कविता वाचन गरिन् । राजबहादुर बुढा, राजकुमार चौधरी, एलिजा ढकाल, ऋषिराम पाण्डे, स्वस्तिका दाहालले कविता वाचन गरे भने मसान उपासक, देवराज तिवारीले र देवराज खरेलले गजलका साथै सुबास सजलले मुक्तक वाचन गरे ।

सम्मानित स्रष्टाहरूले रचना वाचन तथा मन्तव्य राख्नु भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले कार्यक्रम आयोजकहरूले समय व्यवस्थापन र उद्देश्यअनुरूप कार्यक्रमलाई छोटो छरितो बनाउनु आग्रह गर्दै सम्मानित स्रष्टाहरूलाई शुभकामना दिए ।

प्रमुख अतिथि नवराज अर्यालले पुस्तक प्रकाशन गराएका स्रष्टाहरूलाई सम्मान गर्ने परम्पराले अन्य पुस्तक लेखन र प्रकाशनमा हौसला मिल्ने जानकारी दिए ।

सभाध्यक्ष तथा सङ्गमका अध्यक्ष डीबी बर्तौलाले सम्मानित स्रष्टाहरूलाई सम्मान गर्ने अघिल्लो कार्यसमितिदेखिको परम्पराले निरन्तरता पाएको, सम्मान कार्यक्रमलाई हेटौँडा १८ का लक्ष्मण भुजेलले आर्थिक सहयोग, लेखक गणेशकुमार तिमल्सिनाले ५० प्रति पुस्तक सहयोग प्रदान गरेको बताए ।

यस्तै उनले विधान संशोधनका क्रममा रहेको बताउँदै हालको कार्यसमितिमार्फत् सहयोग सङ्कलन गरिएको रू. ४ लाख ५० हजार रुपैयाँ साइराम बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट