२०८१ वैशाख ९ गते आइतबारको कायाकैरन दैनिक (ePaper)

सङ्गमद्वारा एकै मञ्चमा १४ लेखकहरू सम्मानित

मकवानपुर, ७ वैशाख । साहित्य सङ्गम मकवानपुरले वर्ष २०८० भित्र पुस्तक प्रकाशन गराएका लेखकहरूलाई एकै मञ्चमा सम्मान गरेको छ । सम्मानित स्रष्टाहरूको पुस्तक र नामावली यसप्रकार रहेको छ : १) माटोको मोह- तुलसी घिमिरे २) महाकाश- मुना अर्याल ३) अकिञ्चनका आर्तहरू- देवराज खरेल ४) घुम्दै फिर्दै- जनार्दन खनाल ५) अनुत्तरित प्रश्न- समीर पाख्रिन ६) जुनेली- […]
चितवन एभरेष्ट अस्पतालको सात सदस्यीय नयाँ सञ्चालक समिति चयन

भरतपुर, ८ वैशाख । चितवन एभरेष्ट अस्पतालको सात सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ । अस्पतालको शनिबार राइनो होटल सौराहामा सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनले नयाँ समिति चयन गरेको हो । नयाँ समितिमा अधिकांश अघिल्लो समितिकै सदस्यहरु दोहोरिएका छन् । अस्पतालको सञ्चालक समिति अध्यक्षमा भरतराज रेग्मी नै चयन भएका छन् । यस्तै प्रवन्ध […]
योगी नरहरिनाथ पुस्तकालयलाई कम्प्युटर हस्तान्तरण

भरतपुर, ८ वैशाख । भरतपुर- १ मा रहेको योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवम् अनुसन्धान केन्द्र वागीश्वरीलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । गैरआासीय नेपाली संघ र ललितपुर -२७ की आफै सिर्जित आर्टिस्ट एना ढकालबाट ई-लाइब्रेरी सहितको डेक्सटप कम्प्युटर २ थान र ल्यापटप २ थान पुस्तकालयका संयोजक डीआर पोखरेललाई एक समारोहका बीच हस्तान्तरण गरिएको हो । […]