चितवन एभरेष्ट अस्पतालको सात सदस्यीय नयाँ सञ्चालक समिति चयन

भरतपुर, ८ वैशाख ।
चितवन एभरेष्ट अस्पतालको सात सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ । अस्पतालको शनिबार राइनो होटल सौराहामा सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनले नयाँ समिति चयन गरेको हो ।

नयाँ समितिमा अधिकांश अघिल्लो समितिकै सदस्यहरु दोहोरिएका छन् । अस्पतालको सञ्चालक समिति अध्यक्षमा भरतराज रेग्मी नै चयन भएका छन् । यस्तै प्रवन्ध निर्देशकमा डा नवराज लामिछाने चयन भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा ॠषिराम पौडेल र मेडिकल निर्देशकमा डाक्टर मनोज कँडेल रहेका छन् । बोर्डका अन्य सदस्यहरुमा असिम श्रेष्ठ, हरि सापकोटा र डा श्वेताकुमारी गुप्ता रहेका छन् । नयाँ समिति सदस्यहरुलाई सोही कार्यक्रममा शेयर प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा शेयर सदस्यहरु डाक्टर साजन केसी, डाक्टर अमित चौधरी, बिष्णु अधिकारीलगायतको पनि उपस्थिति थियो । यस्तै सोही अवसरमा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको प्रवन्ध निर्देशक डाक्टर नवराज लामिछानेले जानकारी दिए । चितवन एभरेष्ट अस्पताल भरतपुर १० स्थित अस्पताल रोडमा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट