समग्र चितवनकाे भुगाेल समेट्ने क्षेत्र नम्बर दुई नमुना बनाउनेछु : कृष्णभक्त पाेखरेल

प्रमिता ढकाल
१६ मंसिर ।

चितवनको निर्वाचन क्षेत्र नम्बर दुई अन्र्तगत पर्ने भरतपुर ११ नम्बर वडामा वाम गठवन्धनले आज घरदैलो तथा कोण सभा गरेको छ । घरदैलोमा क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य उमेदवार कृष्णभक्त पोखरेल र प्रदेश ख का उमेदवार विजय सुवेदीले मतादाता भेटघाटसंगै स्थानियको आवश्यकता र सुझाव संकलन गरेकाछन् ।घरदैलो पछि आयोजित कोण सभामा क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य उमेदवार कृष्णभक्त पोखरेलले यस क्षेत्रमा एकिकतृ वस्ती विस्तार तथा विकासका लागि गुरुयोजना बनाई काम गर्न प्रतिवद्धता व्यक्त गरेकाछन् ।सुकुम्वासी वस्ती रहेको भरतपुर ११मा सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकता दिएर काम गर्ने उनले बताए । जंगल नजिक रहेको वस्तीमा जंगली जनावरको आतंक समेत मुख्य समस्याका रुपमा रहेको देखिएकाले व्यवस्थित तारवारसंगै संरक्षणको काम गरी मानव वन्यजन्तुबीचको द्धन्द्ध हटाउन पहल गर्ने बताएकाछन् । सो अवसरमा उनले भरतपुर ११ को मात्र नभई चितवनकै ऐतिहासिक धार्मिक एवम् पुरातात्विक महतवको गणेशस्स्थान संरक्षण र सम्वद्र्धनका लागि काम गर्ने बताएकाछन् । प्राचिन महत्वको सो क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न पहल गर्ने उनले बताए । विकास निर्माणका सम्भावना पहिल्याउन सक्ने र काम गर्न पछि नहट्ने नेतृत्वलाई साथ दिन आग्रह गर्दै उनले वाम गठवन्धनलाई जिताउन अपिल गरेकाछन् ।
कोणसभामा प्रदेश ख का उमेदवार विजय सुवेदीले समग्र चितवनकै विकासका लागि गुरुयोजना निर्माणको समयमा आफुले यहांका हरेक सम्भावना अध्ययन गरेको उल्लेख गर्दै भरतपुर ११ का लागि पनि विशेष योजना रहेको बताए । चितवनका हरेक क्षेत्र प्रचुर सम्भावनाले भरिएकोमा क्षेत्र नम्बर दुई ती सबै प्रकारको सम्भावनाको समिश्रण भएको दावी गरे । क्षेत्र नम्बर दुईले चितवनको भौगोलिक विविधतालाई एकैसाथ समेटेको भन्दै यस क्षेत्रको विकासले महत्व राख्ने उनले जोड दिएकाछन् ।
गठवन्धनले आज भरतपुर ११ को सल्लेरी टोल,मनकामना टोल,मिलीजुली टोल,नौरंगे, लामाटोलमा घरदैलो गरेको हो ।यो वडालाई वामगठवन्धनले आफ्नो पकडको क्षेत्र बताउंदै आएको छ । कुल १२ हजार ५ सय मतदाता रहेको वडामा ९ हजार मत खस्ने वामगठवन्धन भरतपुर ११ का निर्वाचन परिचालन समिती संयोजक प्रकाश आचार्यले बताए । जसमा ६ देखि ७ हजार मत आफ्नो पक्षमा खस्ने वामगठवन्धनको आंकलन रहेको उनले दावी गरे।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट