भरतपुर, ३ वैशाख ।
भरतपुर महानगरपालिका वडा नम्बर १, शहीदचोक नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यहरूबिच शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोमबार सहकारीको सभाहलमा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी भित्रेपात्रोको पनि विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले पछिल्लो समयमा अर्थतन्त्रमा देखिँदै गएको समस्याको कारण सहकारी क्षेत्रमा समेत मन्दी रहेको बताए । संस्थाका सेयर सदस्यको सहयोगका कारण सहकारी राम्रो हुँदै गएको बताउँदै सबैको सहयोग र हातेमालोका कारण हंस सहकारीले गति लिएकोमा सबैमा धन्यबाद दिएका थिए ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै सहकारीमा सबै सेयर सदस्यले आफ्नो सम्झेर काम गर्नुपर्ने बताए । भित्तेपात्रोमा तिथि मिति हेर्ने मात्र नभएर संस्थाको गतिविधि पनि झल्काउने गरेको बताउँदै सहकारीका गतिविधिमा चासो राख्न अनुरोध गरेका थिए ।
लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेलले संस्थाले नियमित प्रकाशन गर्दै आएको भित्तेपात्रोले इतिहास राख्ने र आगामी पुस्तालाई मार्ग निर्देशन हुने बताउदै आफ्नो पहिचान दिन र आफ्नो भूमिका देखाउनका लागि भित्तेपात्रोले सहयोग गर्ने बताए ।
संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संचालकहरु प्राडा होमनाथ सापकोटा, षडानन्द लामिछाने, ध्रुवकुमार ओझा, देशबन्धु अधिकारी, अनिता मैनाली, लेखा सुपरिवेक्षण समितिका सदस्य कृष्णहरि तिमिल्सेना, प्रबन्धक नारायणप्रसाद सापकोटा, पदपूर्ती उपसमितिका सदस्यहरु जगन्नाथ न्यौपाने, ओमप्रसाद लामिछाने, बचत बृद्धि उपसमिति सदस्य प्रकाश कुमार चुके, टाँडी सेवाकेन्द्र उपसमितिका सदस्यहरु शंकर पौडेल, मीना अधिकारी, सुरेशजंग पाण्डे, लगायत सेयर सदस्य एवम् कर्मचारीहरुको उपस्थिति रहेको थियो ।





