मध्यवर्ती क्षेत्र मेघौली उपभोक्ता समितिले रजत जयन्ती मनाउँदै

भरतपुर, ३ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मेघौली उपभोक्ता समिति भरतपुर २७ र २८ ले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउन शुरु गरेको छ । सोमबार भरतपुर २७ मेघौलीमा समितिले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउन शुरु गरेको हो । सोमबारबाट शुरु भएको रजत जयन्ती समारोह मङ्गलबारसम्म चल्ने छ । रजत […]

नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु

काठमाडौं, ३ वैशाख । नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएकाे छ । नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रुकाे उद्घाटन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । दुई हजार ६ सय ८८ मिटरको […]

हंस सहकारीको शुभकामना आदानप्रदान

भरतपुर, ३ वैशाख । भरतपुर महानगरपालिका वडा नम्बर १, शहीदचोक नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यहरूबिच शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोमबार सहकारीको सभाहलमा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी भित्रेपात्रोको पनि विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले पछिल्लो समयमा अर्थतन्त्रमा देखिँदै गएको […]