भरतपुर, १ वैशाख ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भरतपुर-१९ बखान मिनि रंगशाला शारदानगर फुटबल मौदानमा भएको अन्तरप्रदेश खेलकुद अन्तर्गत महिला फुटबलको उपाधि कोशी प्रदेशले उचाल्न सफल भएको छ ।
कोशीले सुदुरपश्चिमलाई २-० गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।
खेलको १२ औँ मिनेटमा कोशी प्रदेशका लागि जेनिफर रानामगरले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल रहिन् ।
आफ्नो टिमलाई जित पक्का गर्न खेलको ३८ औँ मिनेटमा कोशी प्रदेशकै समीक्षा रानामगरले गोल गर्न सफल भइन् ।
खेलभर उत्कृष्ट प्रर्दशन गरेकी कोशी प्रदेशकी सिम्रन राई प्लेयर अफ दि म्यात्च चुनिइन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशनसँगै व्यक्तिगत ४ गोल समेत गरेकी कोशी प्रदेशकै खेलाडी सर्वोत्कृष्ट खेलाडी साथै सर्वोत्कृष्ट गोलकर्ता बिधागत पुरस्कारबाट सम्मानित भईन् ।
बिधागत पुरस्कारतर्फ उत्कृष्ट डिफेण्डर कोशी प्रदेशकी कुश्मा राइ, उत्कृष्ट गोलरक्षक कोशी प्रदेशकै सुशीला केसी, उत्कृष्ट प्रशिक्षक कोशी प्रदेशका सुरेन्द्र तामाङ चुनिन सफल रहँदा उत्कृष्ट मिडफिल्डर भने सुदुरपश्चिम प्रदेशकी बिर्सना चौधरी चुनिन सफल रहिन् ।
प्रतियोगिताको उपाधि जित्न सफल कोशी प्रदेश, उपविजेता सुदुरपश्चिम प्रदेशले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल रहँदा बिधागत तर्फका खेलाडीहरुले ट्रफी प्राप्त गर्न सफल रहे ।





