२०८१ वैशाख २ गते आइतबारको कायाकैरन दैनिक (ePaper)

गैंडाको आक्रमणबाट पर्यटक घुमाउन गएका नेचर गाइडको मृत्यु

चितवन, १ वैशाख । नयाँवर्षको पहिलो दिन चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडलाई गैँडाले आक्रमण गरेको छ । वैशाख १ गते शनिवार बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन गएका गोरखा आरुघाट गाउँपालिका- ८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका- ६ सौराहा बस्ने ३२ […]
प्रदेश खेलकुद महिला फुटबलको उपाधि कोशीलाई

भरतपुर, १ वैशाख । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भरतपुर-१९ बखान मिनि रंगशाला शारदानगर फुटबल मौदानमा भएको अन्तरप्रदेश खेलकुद अन्तर्गत महिला फुटबलको उपाधि कोशी प्रदेशले उचाल्न सफल भएको छ । कोशीले सुदुरपश्चिमलाई २-० गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । खेलको १२ औँ मिनेटमा कोशी प्रदेशका लागि जेनिफर रानामगरले गोल गर्दै […]
समीक्षा र महेन्द्रराजको “फूल रसैले”मा सुनिलको निर्देशन (भिडियो सहित)

भरतपुर, वैशाख १ । समीक्षा अधिकारी र महेन्द्रराज बरालको स्वर रहेको फूल रसैले बोलको गीत सार्वजनिक भएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर गीतको म्युजिक भिडियो गायक बरालको युट्युब च्यानलमार्फत् शनिबार साँझ प्रिमियर गरिएको हो । गीतमा शब्द यादव लम्सालको रहेको छ भने संगीत अर्जुन पोखरेलले भरेका छन् । करिब पौने सात मिनेट […]
नयाँवर्षका अवसरमा चितवनमा प्रभातफेरी तथा रचनावाचन

भरतपुर, १ वैशाख । `साहित्य दिवसको अभियान, भाषा, साहित्य र संस्कृतिको सम्मान´ भन्ने मूल नाराका साथ नयाँवर्ष २०८१ को अवसरमा चितवनका स्रष्टाहरूले प्रभातफेरी तथा रचनावाचन गरेका छन् । भरतपुरको चौबिसकोठीमा जम्मा भएका साहित्यकारहरूले प्रभातफेरी गर्दै वीरेन्द्र बहुमुखी क्याम्पसमा पुगी आआफ्ना रचनावाचन तथा शुभकामना व्यक्त गरेका हुन् । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा आयोजित रचनावाचन कार्यक्रम हुनुपूर्व […]
वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि देवचुली १६ लाई

देवचुली, १ वैशाख । देवचुली नगरपालिकामा सञ्चालित वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि देवचुली १६ ले जितेको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा रोयल क्रिकेट एकेडेमीको व्यवस्थापनमा एकेडेमीको खेलमैदानमा चैत २४ गतेदेखि सुरु गरिएको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा देवचुली १६ ले देवचुली १२ लाई हराउँदै उपाधि जित्न सफल भएको […]
साहित्य सङ्गम मकवानपुरलाई डा.गणेश लामाले दिए १ लाख रुपैयाँ

मकवानपुर, १ वैशाख । मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरलाई डा.गणेश लामाले १ लाख रुपैयाँ सहयोग गरेका छन् । लामाले प्रदान गरेको उक्त रकमबाट अक्षय कोष निर्माण गरिएको सङ्गम अध्यक्ष डीबी बर्तौलाले बताए । उक्त कोषबाट वार्षिक रुपमा प्राप्त व्याजबाट उत्कृष्ट प्रतिभालाई समान गर्ने गरी ‘डा.गणेश लामा प्रतिभा सम्मान’स्थापना गरिएको उनले जानकारी दिए । […]
आज नयाँ वर्ष २०८१
भरतपुर, १ वैशाख । नयाँ वर्ष २०८१ आजदेखि सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश-विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदान-प्रदान गरेर मनाउँदै छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्टान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना […]