साहित्य सङ्गम मकवानपुरलाई डा.गणेश लामाले दिए १ लाख रुपैयाँ

मकवानपुर, १ वैशाख ।
मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरलाई डा.गणेश लामाले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

लामाले प्रदान गरेको उक्त रकमबाट
अक्षय कोष निर्माण गरिएको सङ्गम अध्यक्ष डीबी बर्तौलाले बताए । उक्त कोषबाट वार्षिक रुपमा प्राप्त व्याजबाट उत्कृष्ट प्रतिभालाई समान गर्ने गरी ‘डा.गणेश लामा प्रतिभा सम्मान’स्थापना गरिएको उनले जानकारी दिए ।
प्रतिभा सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ ।

बर्तौलाले लामाले सङ्गम परिवारलाई विश्वास गर्नुभएकोमा खुसी व्यक्त गर्दै सङ्गमको तर्फबाट धन्यवाद दिए । उनका अनुसार सङ्गमका सल्लाहकार निमेष निखिलले यस कार्यमा बिशेष भूमिका निभाएका छन् ।

बर्तौलाले सङ्गममार्फत साहित्यिक उन्नयनमा निरन्तर लागि रहेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट