चिकित्सा शिक्षा ऐन आउनुमा नेता थापाको मुख्य भूमिका ः प्राडा केसी

१६ मंसिर (रासस) ः प्राडा गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउनेदेखि अहिलेसम्मका उपलब्धि हासिल हुनुमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको महत्ववूर्ण योगदान रहेको बताउनुभएको छ ।

उहाँले शीर्ष नेताले पटकपटक अटेरी गर्दै आएको अवस्थामा जनताले सधैँ गुणस्तरीय, सुलभ शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने विषयमा नेपाली काँगे्रसका नेता थापाले सदैव सक्रिय भूमिका खेलेको भन्दै आज सञ्चारकर्मीमार्फत कृतज्ञता व्यक्त गर्नुभएको छ ।

उहाँले अन्य धेरै महत्वपूर्ण व्यक्तिको साथसँगै पूर्वमन्त्री थापाको सक्रियताले अध्यादेशमार्पmत ऐन ल्याउन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा पनि थापाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

नजिकिँदै गरेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफ्नो अमूल्य मतको सदुपयोग गर्न सबैलाई आग्रह गर्दै प्राडा केसीले भन्नुभयो, “तीन करोड नेपालीको हितमा आफ्नै पार्टीविरुद्ध पनि आवाज उठाउन सक्ने नेतालाई छानौँ, जसले जनताका छोराछोरीका लागि लड्न सक्छ यस्तो नेतालाई छानेर आफ्नो मतको सदुपयोग गरौँ ।”
–––

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट