रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ को  दोस्रो  पिएस मिट तथा पेट्स सेट्स झापामा सम्पन्न

झापा, २७ चैत ।
रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ नेपाल भुटानद्वारा आयोजित दोस्रो पिएस मिट  झापाको दमकमा  चैत २४ गते शनिवार सम्पन भएको छ । रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ नेपाल भुटान अन्तर्गत रहेका  रोट्रयाक्ट  क्लबहरु मध्ये ११० क्लबहरु बाट ६०० भन्दा रोट्रयाक्टरहरुको उक्त  कार्यक्रममा सहभागिता रहेको थियो ।

आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ का अध्यक्ष एवम् सचिवहरुलाई केन्द्रित गरि राखिएको कार्यक्रममा वर्ष २०२४/२५ का लागि निर्वाचित अध्यक्ष र सचिवहरुलाई छुट्टाछुट्टै समूहमा तालिम प्रदान गरिएको थियो । अध्यक्षहरुको  तालिम सहजीकरण एवम् प्रशिक्षण वर्ष  २३/२४ का एडिआरआर भुपेन्द्र निरौला, असिस्टेन्ट डिस्टिक सेक्रेटरी, अनुप पाण्डे,  डिस्ट्रीक्ट सेक्रेटरी सुशान्त धिताल, वर्ष  २३/२४ का  डिआरआर रोशन कार्की, वर्ष २४/२५ का  डिआरआर विक्रम क्षेत्रीले गरेका थिए । सचिवहरुको तालिम सहजीकरण एवम् प्रशिक्षण वर्ष २३/२४ का डिस्ट्रीक्ट सेक्रेटरी सुशान्त धिताल,  २४/२५ का एडिआरआर चन्द्रभक्त अधिकारी र वर्ष २४/२५ का लागि डिस्ट्रीक्ट सेक्रेटरी सुबिन खड्काले गरेका थिए ।

कार्यक्रमको उद्घघाटन समारोह रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष सवन अधिकारीको अध्यक्षता, दमक नगरपालिका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता,  रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ नेपाल भुटान वर्ष  २३/२४ का  डिआरआर रोशन कार्की, वर्ष २४/२५ का  डिआरआर विक्रम क्षेत्रीको विशिष्ट आतिथ्य, रोटरी क्लब अफ दमकका अध्यक्ष पदम बराल, इन्टयाक डिस्ट्रीक्ट प्रतिनिधि विप्लव थापाको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख राम थापाले दमकमा दोस्रो पिएस मिट कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै  रोट्रयाक्टको माध्यमबाट आज हजारौं युवाहरु आफ्नो व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक कार्यमा लाग्नु निकै सुखद पक्ष रहेको बताए ।

कार्यक्रममा बोल्दै वर्ष २४/२५ का डिआरआर विक्रम क्षेत्रीले आगामी वर्षलाई उत्कृष्ट  बनाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । वर्ष २३/२४ का डिआरआर रोशन कार्कीले यस वर्षका बाँकी कार्यक्रमहरुलाई सम्पन्न गर्दै जाने र  आगामी वर्षमा अझै महत्त्वपूर्ण  रोट्रयाक्ट गतिविधिहरु संचालन गर्नुपर्ने बताए । कार्कीले रोट्रयाक्टमा अझै युवा सहभागी बढाउन सकिनेमा जोड दिए । रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ को  आयोजना, रोट्रयाक्ट क्लब अफ दमकको आतिथ्यतासँगै अन्य ९ वटा  रोट्रयाक्ट क्लबहरुको सहकार्यमा उक्त  कार्यक्रम भब्यताका साथ  सम्पन्न भएको वर्ष २४/२५ का रोट्रयाक्ट डिस्ट्रीक्ट मिडिया समन्वय अफिसर आविष्कार खनालले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट