बालमैत्री गीत प्रतियोगितामा निशा कट्टेल प्रथम

मकवानपुर, २७ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी गीत प्रतियोगीमा निशा कट्टेल प्रथम भएकी छिन् । प्रतियोगिताको लागि प्राप्त ६ जनाको गीत मध्ये कट्टेलको गीतले प्रथम स्थान हासिल गरेको हो । प्रथम हुँदै उनले नगद १५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरिन् ।  यस्तै प्रतियोगितामा ओकिलराज बानियाँको गीत द्वितीय र […]

चितवनमा विक्रमबाबा मेला सुरु

भरतपुर, २७ चैत । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मंगलबारदेखि विक्रमबाबा पूजा एवम् मेला सुरु भएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुने गर्दछ । यस वर्ष पनि चैत कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ । मंगलबार भरतपुर महानगरपालिका उपप्रमुख एवम् […]

दुध किसानको समस्यामा विज्ञको चासो

भरतपुर, २७ चैत । दुग्ध व्यवसायमा देखिएका समस्याहरु र अबको बाटोको विषयमा विज्ञ र कृषकले बहस थालेका छन् । भरतपुर महानगरपालिका –६ देवनगरस्थित देवनगर दुग्ध उत्पादक सहकारीमा देवनगर, गीतानगर, पारसनगर र आसपासका क्षेत्रका किसानहरुको सहभागितामा किसानको समस्याको उठान गरिएको छ । डेमोक्रेटिक एग्रिकल्चारिस्ट एसोशियसन– नेपाल (डान) बागमती प्रदेशले कार्यक्रमको आयोजना गरेको हो । डानका केन्द्रीय […]

रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ को  दोस्रो  पिएस मिट तथा पेट्स सेट्स झापामा सम्पन्न

झापा, २७ चैत । रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ नेपाल भुटानद्वारा आयोजित दोस्रो पिएस मिट  झापाको दमकमा  चैत २४ गते शनिवार सम्पन भएको छ । रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ नेपाल भुटान अन्तर्गत रहेका  रोट्रयाक्ट  क्लबहरु मध्ये ११० क्लबहरु बाट ६०० भन्दा रोट्रयाक्टरहरुको उक्त  कार्यक्रममा सहभागिता रहेको थियो । आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ का अध्यक्ष एवम् सचिवहरुलाई केन्द्रित गरि राखिएको कार्यक्रममा […]

हानामी बिएफसीका खेलाडी र प्रशिक्षक सम्मानित

भरतपुर, २७ चैत । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप च्याम्पियन हानामी भरतपुर फुटबल क्लब ९बिएफसी० का खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ । भरतपुरमा मंगलबार एक कार्यक्रमबीच क्लब र प्रायोजक हानामी इन्टरनेशनल एजुकेसनले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो । कार्यक्रममा गोल्डका सर्वोत्कृष्ट खेलाडी सुजित बुढाथोकी, क्लबका कप्तान तथा गोल्डकपको उत्कृष्ट डिफेन्डर अमृत श्रेष्ठ, उत्कृष्ट गोलरक्षक […]

वातावरण संरक्षण प्राथमिकताको विषय बन्नुपर्छ : इयु राजदूत

चैत २७, बर्दिबास । युरोपिएन युनियनका राजदूत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको विषय भएको बताएकी छिन् । मंगलबार बर्दिबास नगरपालिकामा आयोजित सरोकारबालासँगको छलफलमा राजदूत लोरेन्जोले सो कुरा बताएकी हुन् । वातावरण सबैका लागि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राजनीतिमा पनि त्यस विषयले प्राथमिकता पाउनुपर्नेमा उनले जोड दिइन् । “वातावरणलाई चक्रीय अर्थतन्त्रसँग जोड्न सके […]

सिस्नुपानी नेपालद्वारा गायिका मेनुका पौडेल सम्मानित

चैत २७, काठमाडौं । सिस्नुपानी नेपालले गायिका मेनुका पौडेललाई सम्मान गरेको छ। घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई एक लाख रुपैयाँले सम्मान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा देशका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । करिब ३ घण्टा चलेको उक्त कार्यक्रममा विभिन्न प्रस्तुति समेत देखाइएका […]

भरतपुरका सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम

भरतपुर, २७ चैत । भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाद्वारा भरतपुर महानगरभित्र रहेका सहकारीमध्ये ३५ वटा सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम सञ्चालन गरिएको छ । वरिष्ठ शाखा अधिकृत जीवलाल कुँवरको प्रमुख आथित्य रहेको उक्त कार्यक्रममा शाखा अधिकृत रोजी केसीले कार्यक्रममको औचित्यबारे प्रष्ट पार्दै भरतपुर महानगरपालिकामा रहेका सम्पूर्ण सहकारीलाई अब एउटै प्रविधिमा राख्ने र […]