मोरङका मुक्तककार बाबुराम पोखरेल मकवानपुरमा सम्मानित

मकवानपुर, २४ चैत ।
मकवानपुरकाे साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) ले मोरङका मुक्तककार बाबुराम पोखरेललाई सम्मान गरेको छ । झरनाकाे ३ सय २ औं श्रृङ्खलामा शनिबार पोखरेललाई १५ हजार ५ सय ५५ रुपैयाँ राशीको ‘शिव-सावित्री अधिकारी स्मृति साहित्य सम्मान’द्वारा सम्मानित गरिएकाे हाे ।

यसैगरी झसापले यसअघि सार्वजनिक गरेका उत्कृष्ट १० मुक्तकारमध्ये ज्ञानदीप शिक्षा निकेतन माविकी छात्रा आकाङ्क्षा निरौला सर्वोत्कृष्ट भएकी छिन् । उनलाई ५ हजार ५ सय ५५ नगद राशिको ‘शिव-सावित्री मुक्तक पुरस्कार’ द्वारा सम्मानित गरिएकाे छ । दुवै पुरस्कारकाे स्थापना झसापका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले गरेका हुन् ।

यस्तै टिकटमा मुक्तक कार्यक्रमअन्तर्गत डडेल्धुराकी पार्वती भट्ट, स्याङ्जाकी अमृता पोख्रेल, धादिङकी निर्मला स्नेहीका साथमा मकवानपुरका स्रष्टाहरू सानु खनाल र दीपक गौतमले ६/६ वटा मुक्तकहरू वाचन गरेका थिए ।

झसापका संस्थापक अध्यक्ष तथा पुरस्कार संस्थापक अधिकारीले कतिपय लेखकहरूले आर्थिक क्षमताका बाबजुद पनि धेरै स्रोतहरूबाट सङ्कलन गरी निकै दुख र कष्टका साथ पुस्तक प्रकाशन गर्ने गरेकाे बताए । ‘पुस्तक छापिइसकेपछि पुरस्कार दिनुभन्दा पान्डुलिपिमै पुरस्कार दिने परम्परा बसाउन सके पुस्तक प्रकाशन गर्नमा हौसला मिल्न सक्छ ।’ उनले भने ।

झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएकाे साहित्य शृङ्खलामा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने प्रमुख आतिथ्यता रहेकाे थियाे । झसाप सचिव मसान उपासकले सहजीकरण गरेकाे कार्यक्रममा भावना सापकोटा, राजकुमार लामिछाने, सागर तिमल्सिना, डिबी बर्तौला, निमेष निखिल, रामकुमार एलन, सुवास सजल, छवि अनित्य, मञ्जु मैनाली, भवानी तिमल्सिना, दिनेश शर्मालगायतका स्रष्टाकाे उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट